सन्दकपुर : जिल्लाको उतरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको वडा नम्बर २ का बासिन्दा अझै पेल्ट्रीक सेटकै भरमा रात बिताउन बाध्य छन् ।
केन्द्रीय प्रशारण लाईनको विद्युत सेवा उपलब्ध नहुँदा पेल्ट्रीक सेट नै बाल्न बाध्य छन् । जसका कारण घरेलु उद्योगहरुलाई क्षमता विस्तार गर्न उद्योगी व्यवसायीहरु बंचित भएका छन् ।
एक डेरी उद्योगी व्यवससायीले भने, ‘डेरी संचाललन गर्नका लागि विद्युत मोटर घुमाउन विद्युत अधिक मात्रामा चाहिन्छ । पेल्ट्रिक सेटको क्षमताले त्यो पुर्ति हुन सक्दैन । त्यसैले व्यवसायिक बन्न सकिएको छैन ।’
सन्दकपुरको २ नम्बर वडामा मात्रै आधा दर्जन बढी पेल्ट्रिक सेटहरु अझै संचालित छन् । केही भने स्थानीयबासीहरुको आफ्नै लगानी र केही विदेशी संस्था वृटिस कादुरीको लगानीमा संचालित छन् ।
स्थानीयबासीहरुको सहजको लागि गाउँगाउँमा विधुत प्रसारण लाइन विस्तार नगरी सरासर सन्दकपुर डाडाँतिर मुख्य प्रशारण लाइन केन्द्रित गरिएको छ । सन्दकपुर गाउँपालिकाको साबिक माइमझुवाको १ र २ वडामा पुर्णरुपमै त्यस क्षेत्रका स्थानीयले सेवा लिइरहेको भएपनी ३, ४, ५, ६, ७ र ९ नम्बर वडाका बिसन्दाहरुले भने केहिले मात्रै सेवा लिइरहेका छन् । केही क्षेत्रमा पोलहरु विस्तार गरिएको भएपनि उक्त पोलहरुमा तार अझैसम्म चढाइएको छैन ।