एमसीसी सम्झौताको विरोधमा नेकपाद्वारा इलाममा प्रदर्शन

  नयाँ बुलन्द
161 Shares

इलाम : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा आन्दोलनको घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार इलाम सदरमुकाममा विरोध प्रदर्शन गरेको छ ।

ठूलो टुँडिखेलबाट सुरु भएको र्‍याली मुख्य चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनपछि कोण सभामा बोल्दै जिल्ला इन्चार्ज सुमनसिंहले नेपालमा रहेका संसदवादीहरुले जनप्रतिनिधि संसदको आवरणमा रास्ट्र र जनताप्रती ठुलो गद्दारी गरेको बताए । उनले संसदवादीहरुलाइ सिआइएको एजेण्टको काम गर्ने विदेशीको चौकिदार भन्दै जनतालाइ झुक्याउन छाडेर अमेरिकी सेनाको पोसाक लगाएर आफ्नो असली चरित्र देखाउन चेतावनी दिए ।

रास्ट्रघाती एमसीसी परियोजना विकासको नाममा नेपालमा अमेरिकी सत्ता चलाउन र नेपाललाई युद्धको कारखाना बनाउन खोजिएको र यती ठुलो रास्ट्रघात हुँदा विप्लवले हेरेर मात्र बस्न नसक्ने बताए । देशको मुद्धामा आफूहरु बलिदान गर्न तयार रहेको बताउँदै आवश्यकता पर्यो भने आफूहरु रास्ट्रीयमुक्ति युद्धको नेतृत्व लिन तयार भएको बताए ।

उनले इलामका देशभक्तहरुलाई यो आन्दोलनमा सहभागी हुन र साथ दिन अपिल पनि गरेका छन् ।

कोणसभामा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भुमी ढुङ्गानाले ऐक्यबद्धता मन्तव्य राख्दै संसदवादीहरुले देश डुबाउने षड्यन्त्र गरिरहेको हुनाले अब चुप लागेर बस्न नसकिने बताए । उनले इलाममा रहेका देशभक्त, क्रान्तिकारी समुदायलाई साथमा लिएर संघर्ष चर्काउने बताए ।

कोणसभाको संचालन नेपाल कम्युनिस्ट पार्टीका इलाम जिल्लाका सचिव जितमान राई ‘मौसम’ ले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार