कांग्रेस माईजोगमाईमा त्रिपक्षीय भिडन्त हुने

माईजोगमाई : भदौ १८ गते पहिलो तहगत वडाको अधिवेसन सकिएसँगै अहिले पालिकाको अधिवेशनको लागि नेपाली काङ्ग्रेस जुटेको छ ।

पालिकाको अधिवेशन आगामी असोज ९ गते हुनेछ । इलाम जिल्लाको पालिकाहरुमध्ये कम्युनिस्टको गणको रुपमा चिनिएको माईजोगमाई गाँउपालिकाको अधिवेशनको सहगर्मी बढेसँगै विभिन्न पदको आकाङक्षीहरुले पनि धमाधम उम्मेद्वारी दिने चर्चा हुन थालेको छ ।

मुख्य पदमा उम्मेद्वारको आकांक्षी धेरै देखिएका छन्  । त्यसैले उम्मेद्वारीहरुलाई मिलाउन गाह्रो भएको गाउँपालिका सभापति मदन भण्डारीले बताए । अहिलेसम्म नरेन्द्र देवान, वेद चापागाईं र मोहन बस्नेतले सभापतिको लागि उम्मेद्वारी दिने बताएका छन् ।

त्यस्तै दुई सचिव पदका लागि ४ जनाले उम्मेद्वारी दिने भएको छ । सचिवका लागि रोहितकुमार थेवे, प्रदिप खडका, केशव पौडेल र देवी अधिकारीले उम्मेद्वारी दिने भएका छन् । अन्य पदको लागि खासै उम्मेद्वारी दिने चर्चा नभएकोले सहमति हुन सक्ने देखिएको छ ।

काङ्ग्रेसले अबको ६/७ महिनामा स्थानीय चुनाव हुने भएकोले स्थानीय चुनावमा असर नदेखियोस् भनेर सहमतीको लागि दिनरात पहल गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार