पाँचथर : नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आफ्नो वेभसाईट शुभारम्भ गरेको छ ।
शाखाले आयोजना गरेको सामारोहमा फिदिम नगरपालीकाका मेयर ओनाहाङ नेम्बाङले वेभ साईट सार्वजनिक गरेका हुन् ।
सोहि अवसरमा आगामि दुई आर्थिक वर्षलाई तालिम वर्षको रुपमा विकास गर्ने घोषणा गरेको छ । शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले लक्ष्य, उद्देश्य र योजना सहित घोषणा गरे । यस्तै पाँचथर शाखामा आवद्ध ८३ जनाको दुर्घटना विमा गरिएको छ । सोहि कार्यक्रममा विमाको पोलेसी अजोड इन्सोरेन्स इलाम शाखाका प्रवन्धक टिकाराम पुरीले शाखा अध्यक्षलाई हस्तान्तरण गरे । इन्सोरेन्सका लागि विमा शुल्क रकम १ नम्बर प्रदेशका पूर्व आर्थिक मामिता तथा योजना मन्त्री इन्द्र बहादुर आङ्वोले सहयोग गरेका छन् ।
कार्यक्रममा बोल्दै फिदिम नगरपालीकाका मेयर ओनाहाङ नेम्वाङले पत्रकारहरुको क्षमता विकासका लागि फिदिम नगरपालीकाले सक्दो सहयोग गर्ने बताए । विगतदेखि पत्रकार महासंघलाई सहयोग गर्दै आएको स्मरण गर्दै मेयर नेम्बाङले तालिम बर्षका लागि समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा पाँचथर प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले नयाँ प्रविधिको अभ्यास, विमा, क्षमता विकास जस्ता कार्यक्रमलाई निरन्तरता दिदै लैजान आग्रह गरे । आपसी सहकार्यमा आघि बढ्नु पर्ने उनको भनाई थियो ।
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष लवदेव ढुंगानाले शाखाले अघि बढाएका कामलाई प्रदेश समितिले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा शाखाका पूर्व अध्यक्ष लेखनाथ खतिवडा, लक्ष्मी गौतमले शुभकामना व्यक्त गरेका थिए । शाखा उपाध्यक्ष राधा लुईटेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र तामाङले गरेका थिए ।