इलाम : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका इलाम जिल्ला सेक्रेटरी मौसमले अमेरिकी सहायता परियोजना एमसीसी जस्तो रास्ट्रघाती सम्झौता संसदबाट अनुमोदन गरिए रगतको खोला बग्न सक्ने चेतावनी दिएका छन् ।
पाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिले घोसणा गरेको देशव्यापी कार्यक्रम अनुसार बुधबार इलाम सदरमुकाममा आयोजित कोणसभालाई सम्बोधन गर्दै मौसमले त्यस्तो चेतावनी दिएका हुन् । मौसमले नेपाललाई अमेरिका जस्तो आतंकवादी देशको कृडास्थल बनाउन खोजिएको भन्दै त्यसो गरिए आफूहरु रास्ट्रघाती विरुद्ध रगतको खोलो बगाउन तयार भएको बताए ।
‘हामीलाई नेपालको स्वाधिनता प्रिय छ । देशको लागि आफ्नो जीवन बलिदान गर्न तयार छौ’ उनले भने, ‘यतिबेला देश संकटमा छ । यस्तो समय युवाहरु एकजुट भएर उठ्नुपर्छ ।’
कार्यक्रममा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भूमि ढुङ्गानाले एकेबद्धता मन्तव्य राख्दै सबै मिलेर यस प्रकारको रास्ट्रघातको विरुद्धमा उत्रनु पर्ने धारणा राखे । ढुङ्गानाले ‘इलामका देशभक्तहरु के हेरेर बसेका छन् ?’ भन्दै प्रश्न समेत गरेका थिए ।