खेती बढेसँगै किवीका बिरुवाको माग बढ्यो

  नयाँ बुलन्द
28 Shares

   खेती बढेसँगै किवीका बिरुवाको माग बढ्यो

इलाम । एक दर्जन बढी स्वाद पाइने किवी फलको खेतीमा किसानको आकर्षण बढेसँगै किबि फलका बिरुवाको नर्सरीबाट किसानले आम्दानी लिन थालेका छन् ।  नेपालसँगै भारत र भुटानमा किवी खेतीको विस्तार भएपछि  इलाममा किबिका  विरुवाको माग बढेको छ ।  एक दशक अघि सिमित क्षेत्रमा मात्रा खेती हुँदै आएको किवीको विस्तारसंगै विरुवाको माग बढेपछि किसानहरुको किवीका बिरुवा नर्सरीमा आर्कषण समेत बढेको छ । सरकारले इलामका इलाम नगरपालिका र सन्दकपूर गाउँपालिका भित्र किवी खेती विस्तारसँगै व्यवसायीकरण गर्न किवी जोन घोषणा गरि किसानलाई बिरुवा उत्पादनमा पनि सहयोग गर्दै आएको छ ।

नेपाल भारत र भुटानको पहाडी क्षेत्रमा किबि खेती विस्तार बढेपछि इलामको किवी वस्तीको रुपमा चिनिएको सुलुबुङ क्षेत्रका किसानहरुले अहिले व्यवसायिक किवी  खेतीसंगै विरुवा उत्पादनबाट आम्दानी लिन थालेको किवी खेतीका अगुवा किसान तारामण खतिवडाले बताउनुभयो ।

भारत र भुटानबाट बिरुवाको माग गरेपछि घरैपिच्छे किसानहरुले किवीको नर्सरी राखेका छन् । ५ वर्ष अघि किवीका बिरुवा प्रतिगोटा ७ सय रुपैयाँमा किनबेच हुँदै आएपनि अहिले तीन सय ५० सम्ममा बिक्रि हुँदै आएको छ । किसान आफैले नर्सरी राख्ने काम गरेपछि मागका आधारमा आपुर्ति गर्न सक्ने अवस्थामा किसानहरु पुगेका छन् ।  कोरोना महामारी अघिसम्म भारत र भुटानमा समेत किविको विरुमा निर्यात हुँदै आएको थियो ।

किवीको विरुवा पुस महिनामा रोपिन्छ । यसको फल कात्तिकदेखि मंसिर महिनासम्म पाक्छ । रोपेको ३ वर्षबाट उत्पादन दिन सुरु गर्ने सो बिरुवाले लगातार ५० वर्षसम्म राम्रो उत्पादन दिने किवी किसानको भनाइ छ । चीनबाट पहिलो उत्पादन सुरु भएको किवीको अहिले विश्वका विभिन्न देशमा व्यवसायीक रुपमा खेति हुँदै आएको छ । विभिन्न १७ प्रकारका भिटामीन पाइने किवीको बजारिकरणसँगै वेर्ना उत्पादनले किसानहरुको आयस्तरमा समेत सहयोग पु¥याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार