माछा बेच्ने चर्को विज्ञापन “माछी मारन” को सर्बत्र आलोचना ,झापाको कनकाईमा प्रतिवन्ध

इलाम : जिउँदो माछा बिक्री गर्नलाई गाडीमा कर्कश आवाजको माछी मारनको चर्को धुन बजाउँदै टोल -टोल हिड्नेहरु प्रति सर्वत्र आलोचना गर्न थालिएको छ ।
व्यक्तिगत व्यापार गर्ने तर आम नागरिकलाई कोलाहल सिर्जना गरेर आतंकित बनाएकोमा झापा,इलाम ,पाँचथर लगायतमा मानिसहरू हैरान भएका छन् । चर्को कोलाहलले हरेक बजार दुसित भएसंगै झापाको कनकाई १ नम्बर वडा भित्र प्रतिबन्ध लगाएको छ ।
आइतवार देखि माछी मारनको ध्वनी बजाएर माछा विक्री गरेको पाइएमा तुरुन्त गाडी नियन्त्रणमा लिएर कार्वाही गरिने कनकाई नगरपालिका एक नम्बरका वडाअध्यक्ष रोशन पोखरेलले बताए । लामो समयदेखि माछा विक्री गर्न “माछी मारन र माछी र्मान जाउन दाजै कालापानीमा” लगायतको चर्को ध्वनीका कारण अनलाईन कक्षामा भएका विद्यार्थीहरु र विरामीहरुलाई वढी असर पुगेका कारण उक्त निर्णय गर्न बाध्य भएको जनाइएको छ ।
विगत केहि वर्षदेखि विर्तामोड क्षेत्रका विभिन्न पोखरीबाट निस्कने माछा व्यापारीले झापा जिल्ला मात्रै नभएर पूर्वाञ्चल वासीलाई बिक्री गर्दै आएता पनि धेरै मानिसलाई होहल्लाले असर पुर्याउने गरेको स्थानीय बजारबासीको गुनासो छ ।
यस प्रकारको गीत बजाएर विज्ञापन गर्दै माछा बेच्नुले गीत तथा संगीतको समेत खिल्ली उडाएको कतिपयको बुझाइ छ । माछा विक्रीका लागि चर्को ध्वनी बजाउन रोक लगाउने वडा भनेको प्रदेशमै कनकाई १ पहिलो बनेको छ ।-कनकाई अनलाईनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार