कोभिड-१९ विरुद्धको खोप सुनिश्चित गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग

  नयाँ बुलन्द
378 Shares

इलाम : इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीहरुको लागि कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप सुनिश्चित गराउन नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) इलामले माग गरेको छ ।

अनेरास्ववियु (क्रान्तिकारी इलामका अध्यक्ष विपिन पोख्रेलको नेतृत्वमा सोमबार खोपको सुनिश्चितताको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

इलाम बजार लगायत् जिल्लाको विभिन्न स्थानीय तहहरुमा कोरोनाको उच्च जोखिम रहेको स्थितीमा क्याम्पसको विद्यार्थीहरुलाई क्याम्पसमा गर्नुपर्ने प्रशासनिक तथा शैक्षिक कार्यहरु सहज, सरल र निर्धक्क उपस्थित भई गर्नुपर्ने वातावरण नभएको र कोरोनाको त्रासमा विद्यार्थीहरुको भविष्य अन्योलग्रस्त बन्ने अवस्था आएको भन्दै क्रान्तिकारीले खोप सुनिश्चितताको माग गरेको हो ।

‘महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई राज्यबाट उपलब्ध हुने कोरोना (कोभिड १९) विरुद्वको खोप अनिवार्य रुपमा यथाशिघ्र उपलब्ध गराइदिन क्याम्पस प्रशासनसँग अखिल (क्रान्तिकारी) इलाम जिल्ला समितिले जोडदार माग गर्दछ’ क्रान्तिकारीले क्याम्पससमक्ष बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउन जिल्ला अध्यक्ष पोख्रेलसहित कार्यालय सदस्यहरु प्रमिला तामाङ, नयन बान्तावा, रोशन राई, प्रविन सुवेदी, जिल्ला सदस्य मौषमी केरुङ, राजेन्द्र लोहारको टोलि क्याम्पस पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार