राष्ट्रपति भण्डारीद्वारा भदौ २३ का लागि संसद अधिवेशन आह्वान

  नयाँ बुलन्द
42 Shares

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गतेका लागि संघीय संसद्‌को अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले २३ गते बुधबार दिउँसो ४ बजेका लागि संघीय संसद्‌को दुवै अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा शनिबार जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुभएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार