नगरप्रमुखले गरे प्रमुख प्रशासकीय अधिकृतसँग १२ बुँदे कार्यसम्पादन सम्झौता

  नयाँ बुलन्द
217 Shares

खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालसँग १२ बुँदे कार्यसम्पादन सम्झौता गरेका छन् । त्यसलगत्तै दाहालले विषयगत शाखाका प्रमुख तथा विषयगत शाखा प्रमुखले मातहतका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

नगरप्रमुख रिजाल र प्रमुख प्रशासकीय अधिकृत दाहालबीच नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोत साधन तथा अन्य निकायबाट प्राप्त बजेट तथा लगानीको उपयोग गरी कार्य गर्ने, नगरपालिकाले सम्झौतामा उल्लिखित कार्यक्षेत्रको कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई सहजीकरण, समन्वय र मार्गदर्शन गर्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ ।

कम्तिमा १० प्रतिशतले कूल आन्तरिक आय वृद्धिको लक्ष्य

कार्य सम्पादन सम्झौतामा प्रमुख प्रशासकीय अधिकृतले शासकीय सम्बन्ध, योजना तर्जुमा र कार्यान्वयन, सुशासन, सेवा प्रवाह र सूचना प्रविधि, आन्तरिक स्रोत व्यवस्थापन, स्थानीय पूर्वाधार विकास लगायतका १४ शीर्षकमा हाँसिल गर्नुपर्ने नतिजामूलक कार्य सूचकमा सम्झौता गरेका छन् ।

शासकीय प्रबन्धतर्फ प्रचलित ऐन/कानूनमा तोकिए बमोजिमको समय सीमा भित्र तोकिएको विधि, पद्धती, प्रक्रिया अनुरूप बैठक सञ्चालन भएको हुने, योजना तर्जुमा र कार्यान्वयनतर्फ नगरपालिकाले सात चरणको सहभागितामूलक पद्धति अपनाउँदै नगर आवधिक विकास र वार्षिक विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको हुने, नगरपालिकाले आवधिक योजनाको आधारमा प्रत्येक आर्थिक वर्ष ३ वर्ष अवधिको मध्यमकालीन खर्च संरचनाको खाका तयार गरी कार्यान्वयनमा ल्याएको हुने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार