फाल्गुनन्दमा अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षमा इक्साहाङ चेम्जोङ निर्वाचित

  युद्धबहादुर बोहोरा
875 Shares

 

 

पाँचथरः फाल्गुनन्द गाउँपालिकामा माओवादी निकाट विधार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी) को दोस्रो सम्मेलनबाट इक्साहाङ चेम्जोङको नेतृत्वमा २९ सदस्यीय कमिटि गठन भएको छ ।

समितिको उपाध्यक्ष द्वय मनोज चेम्जोङ र कविता नेम्बाङ रहेका छन् । सचिवमा शुस्मा आङ्देम्बे,सहसचिव दिवश राई  र कुसुम बर्देवालाई जिम्मेवारी दिएको छ । कोषाध्यक्ष अनुजा नेम्बाङ रहेकी छिन् भने सदस्यहरूमा सोना आङ्देम्बे,सुजता नेम्बाङ,सम्झना नेम्बाङ,रचना नेम्बाङ,तारा नेम्बाङ चयन भएका छन् ।

त्यस्तै,मंगल आङ्देम्बे,स्वस्तिका नेम्बाङ,दिवश आङ्देम्बे,प्रयासी आङ्देम्बे,शुनिला नेम्बाङ,सुदिप आङ्देम्बे,विजय आङ्देम्बे,सुमित चेम्जोङ,अर्जुन आङ्देम्बे,सागर आङ्देम्बे,सुजता नेम्बाङ,दिवा राई,शुसिला नेम्बाङ,मेगिना नेम्बाङ आसिका नेम्बाङ लगायतको समिति बनेको छ ।

संगठनमा सक्रिय हास्मा आङ्देम्बेको अध्यक्षतामा जिल्ला कमिटि सचिवालय सदस्य तथा माओवादी केन्द्र फालगुनन्द गाउँपालिका कमिटि इन्चार्ज ठाकुर नेम्बाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेम्बाङले आगामी दिनमा उर्जाशिल भएर फराकिलो ढंगले पार्टीको निर्देशन अनुसार अगाडि बढ्न सल्लाह दिंदै नवनिर्वाचित समितिलाई कार्य सफलताको शुभकामना दिए ।

यसैबीच जिल्ला कमिटि सदस्य केहेरसिं चेम्जोङ,इन्द्र कुमार नेम्बाङ,पेम्बा शेर्पा र अतिथि याम प्रसाद नेम्बाङ, सौगात आङ्देम्बे,पञ्च कुमार नेम्बा,राजेश चेम्जोङ लगायतले पनि नयाँ समितिलाई शुभकामना दिएका थिए ।

इक्साहाङ नेम्बाङले स्वागत मन्तव्य राखेको कार्यक्रम विकाश केरुङले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथि नेम्बाङले जानकारी दिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार