विद्यार्थीलाई खोप सुनिश्चित गर्न अनेरास्ववियुको ज्ञापनपत्र

  नयाँ बुलन्द
273 Shares

इलाम : अनेरास्ववियु इलामले कक्षा १२ लगायत इलामका सबै विद्यार्थीलाई खोप सुनिश्चित गर्न माग गरेको छ ।

बुधबार अनेरास्ववियु जिल्ला कमिटी इलामले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गरेको हो ।

अनेरास्ववियुका सहसंयोजक राजेन्द्र फागोद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रको वोद्यार्थ जिल्लाका सबै स्थानीय तहमा दिइएको छ ।

कोरोनाका कारण स्थगित कक्षा १२ को परिक्षा आगामी भदौ ३० गतेबाट हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार