रिलायबल विमा कम्पनी भोजपुरले मनायो चौथो बार्षीक उत्सव


भोजपुर । रिलायबल नेपाल लाईफ विमा कम्पनी शाखा कार्यालय भोजपुरले चौथो बार्षीक उत्सव मनाएको छ । कोरोना संक्रमणका बाबजुद सिमित एजेन्सी म्यानेजर, अभिकर्ता, विमीत तथा बैर्कसको उपस्थितीमा इस्योरेन्सले बार्षीक उत्सव मनाएको हो । उक्त अवशरमा शाखा प्रमुख खनालले सम्पुर्ण विमितहरु, एजेन्सी म्यानेजर, अभिकर्ता, बैर्कस, कर्मचारी लगायत जिल्लाबासी महानुभावहरुप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा थप साथ, सहयोग, हौसला, विश्वास प्राप्त गरी अझ सरल, शुलभ, गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
बार्षीक उत्सवको अवशरमा बोल्दै अभिकर्ता प्रतिक्षा श्रेष्ठले विमा क्षेत्रमा लागेपछि विमा बोनसको लागी मात्र नभएर सुरक्षीत जिवनयापनका लागी गर्ने भएकाले सबैले जिवन विमा गर्न आवश्यक रहेकोे बताईन् । आफुले परिवारका सदस्यहरुको जिवन विमा गरेका कारण आफुहरुलाई धेरै फाइदा तथा सुरक्षित भएको आभास भएकाले सबैलाई विमा गर्न आव्हान गरेको विमीत तथा अभिकर्ता रोबट सुवेदीले जनाए ।
त्यस्तै विगतमा विमा कम्पनीहरुले दावी भुक्तानी नगर्दा विमितहरुलाई विमा कम्पनीहरुसगँ शंका लागेर विमा नगर्ने भएता पनी अहिले भने विमा कम्पनीहरुले जिवन सुरक्षा सगैँ विश्वासनीयता बढदै गएकाले आफु रिलायबल जिवन विमा कम्पनीसगँ आवद्ध भएको अभिकर्ता कृष्णराज राईले जनाए । बैक र विमा कम्पनीको सहर्कायमा जिवन विमालाई थप प्रभावकारी बनाउन सक्ने नेपाल बंगलादेश बैकका शाखा प्रबन्धक अभिषेक अधिकारीले बताए ।
भोजपुरमा शाखा स्थापना देखी हालसम्म विमित ९ सय बढि र २ सय बढि अभिकर्ता आवद्ध भएका छन् । चौथो बार्षीक उत्सव कार्यक्रम सगैँ कम्पनीले विगतमा जारी १२ प्रकारका विमा पोलेसी मध्ये रिलायबल सुलभ जिवन विमा, बाल सुलभ जिवन विमा, समुन्नती जिवन विमा पोलेसी बढि विक्रि भएको बताउदै आगामी दिनमा कम्पनीले जिवन विमा अनिवार्य छ भन्ने स्लोगनका साथ एक घर एक विमा पोलेसी विक्रि गर्ने अभियान सञ्चालन भएको शाखा प्रमुख खनालले बताए ।
त्यस्तै बार्षीक उत्सव कार्यक्रममा एसविआई बैक, नेपाल बंगलादेश बैक, प्रभु बैक, एनएमबी बैक, लगायत अन्य बैकका म्यानेजर, सञ्चारकर्मी, एजेन्सी म्यानेजर, अभिकर्ता तथा विमितको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार