अनेरास्ववियू (क्रान्तिकारी) चुलाचुली इलाममा युशन

  नयाँ बुलन्द  509 पटक हेरिएको

चुलाचुली :  नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) चुलाचुली इलामको दोश्रो गाउँ सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनबाट अध्यक्षमा युशुन चाम्लिङ राई निर्वाचित भएका छन् । उपाध्यक्षमा सगुन दावा राई र जनम राई, सचिवमा सेरेहाङ राई, सहसचिवमा रमन गुरागाईँ, खेवाङ लिम्बू, भीष्म रोका र कोषाध्यक्षमा विशाल बराईली निर्वाचित भएका छन् ।

सम्मेलनले २५ सदस्यीय समिति निर्वाचित गरेको हो ।

सम्मेलन आयोजक समितिका अध्यक्ष चन्द्र दंगालको अध्यक्षता र १३ औं जिल्ला सम्मेलन आयोजक समितिका संयोजक विपिन पोखरेलको प्रमुख आथित्यतामा भएको उद्घाटन जिल्ला कार्यालय सदस्यहरु नयन राई, रोशन राई, समीर राई, चिरायू राईलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार