रोङ गाउँपालिकाले प्लाष्टिक प्रयोगमा प्रतिबन्द गर्दै


रोङ : इलामको रोङ गाउँपालिकाले प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउँदै फोहोरमैला व्यवस्थापन गर्न लागेको छ ।

असोज १ गतेदेखि लागू हुने गरी सूचना पत्र जारी गर्दै रोङ गाउँपालिकामा सञ्चालन भएका पसल र सम्पूर्ण रोङबासीमा प्लाष्टिक पूर्णरूपमा बन्द गर्ने भएको छ । “फोहोरमैला व्यवस्थापनमा जुट्ने हाम्रो पालो यसका लागि सबैले गरौं हातेमालो ” भन्ने नाराका साथ  प्लाष्टिक प्रयोगमा रोक लगाउने भएको हो ।

यस नियमलाई कसैले उल्लंघन गरेमा पसललाई १ हजार र व्यक्तिलाई १०० रुपैयाँ जरिवाना लाग्ने समेत उक्त सूचनामा जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार