इलाम : पछिल्लो २४ घन्टामा एक हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १७६ नमूना परीक्षणमध्ये एक हजार ५१६ पीसीआर र ३४१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यससँगै नेपालमा हालसम्म ८ लाख ४० हजार ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ६९० पुगेको छ । मन्त्रालयका अनुसार थप २ हजार २२२ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख १० हजार ५४२ पुगेको छ ।
हाल मुलुकभर ३६ हजार ८६६ सक्रिय संक्रमित छन् ।