पत्रकार सम्मेलनमा माधव नेपालले भने : पार्टीबाट निष्कासन गरिएपछि हामीसँग नयाँ पार्टी गठन गर्नुको विकल्प रहेन

  नयाँ बुलन्द
77 Shares

काठमाडौं : प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्य आफ्नो चाहना र सुझावअनुसार मुख्यमन्त्री बनेको बताएका छन् । केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,‘अष्टलक्ष्मी शाक्य मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। कम्युनिष्ट छोड्नेसँग एकता सम्भव छैन। त्यस्तो कल्पना त्यागौं। निर्वाचन आयोगमा दल दर्तापछि वामदेव गौतम पनि पार्टीमा आउनुहुन्छ।’

नेता नेपालले आफूहरुलाई घरको न घाटको बनाउने षड्यन्त्र भैरहेको पनि टिप्पणी गरे । उनले भने,‘हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ। त्यो षड्यन्त्रलाई हामी चिर्छौंँ। कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउने हाम्रो अभियान जारी रहनेछ।

अध्यक्ष नेपालले आफूहरुसँग केन्द्रीय समिति र संसदीय दल दुवैमा २० प्रतिशतभन्दा बढि संख्या रहेको दाबी गरे । उनले भने,‘हामीसँग केन्द्रीय समिति र संसद दुबैमा २० प्रतिशत भन्दा बढी सदस्य हुनुहुन्छ, हामीलाई पार्टीबाट निष्कासन गरिएपछि हामीसँग नयाँ पार्टी गठन गर्नुको विकल्प रहेन । यो कुनै पदका लागि, निजी लडाईँ÷झगडा होइन। यो मूल्य मान्यताको लडाईँ हो। हामी कम्युनिष्ट पार्टीलाई पूनर्गठन गरेरै छाड्छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार