कोरोना, नेपालीहरुको बुझाई र मास्क खोल्ने सहचालकहरु !

  निनाम कुलुङ 'मंगले'  156 पटक हेरिएको

हो, पछिल्लोपटक पैmलिएको कोरोना सन् २०१९ को डिसेम्बर अन्तिमदेखि उत्तरी छिमेकी देश चीनको दक्षिण–पूर्वी हुपेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको हो । जसलाई ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) नाम दिईएको थियो ।

हाल नेपालमा ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) सिर्जित दोस्रो लहर चली रहेको छ, नेपालमा । त्यस्ते चाँडै तेस्रो लहर चल्ने भन्ने विज्ञहरुको भनाइ रहेको छ । साथै जसरी कोरोनाको पहिलोले लहरले बुढाबुढी र दोस्रो लहरले युवाहरुलाई बढी आक्रमण गर्यो, त्यसरी नै अब आउनेवाला कोरोनाको तेस्रो लहरले केटाकेटीलाई बढी आक्रमण गर्ने भन्ने भनाइ विज्ञहरुको रहेको छ । त्यसैले अबका दिनमा हा्रमा कर्णधार (देशका भविश्यका मानव–पुँजी) बालबालिकाहरुलाई कसरी कोरोनाको तेस्रो लहरको बाछिटाबाट सकेसम्म टाढा राख्ने भनी ? सबै आमाबाबु तथा अन्य अविभावकहरु सचेत हुनुपर्ने दिन आउँदैछ । हुन त नेपाल सरकारले आप्mना ेदशका नागरिकहरुलाई बचाउन र कम क्षति होस् भन्नका लागि गत वैसाखको दोस्रो हप्तादेखि  नै नेपालका केही जिल्लाबाट सुरु भएको निषेधाज्ञा हाल आंशिक र पूर्ण गरी लगभग ७४÷७५ वटा जिल्लामा जारी रहेको अवस्था छ ।

तर, हामी नेपालीहरुको साह्रै नराम्रो बानी के रहेको छ भने, वास्तवमा हामी आपूm केहीनजान्ने ‘गोबर गणेश !’ नै भए तापनि, बाहिरी ज्ञान र विवेक शून्य नै भए तापनि आपूmले नजानेको कुरोलाई जानेको छैन, नबुझेको कुरोलाई बुझेको छैन भन्न जान्दैनांै । यसको मतलब हामी किन अरुको अगाडि नजान्ने हुने ? भन्ने अह्मता छ । हुन पनि हामीलाइृ लाग्छ, हामी किन कोही, कसैको अगाडि नजान्ने हुने ? अथवा भनौं न अरुको अगाडि किन हामी नजान्ने र नबुभ्mने हुने ?, किन लाटो–बुँगो देखिने ? त्यसैले …, त्यसै … ।

हुन पनि हामी नेपालीहरुको गुण भनेकै अरु कसैका अगाडि देखा पर्दा र, उनीहरुसँग गफसफ गर्दा जसरी पनि अरु भन्दा आपूm अलि बढी जान्ने र, सुन्ने हुनै पर्छ । त्यसैले आप्mनो वास्तविक ज्ञानको दायरा र धरातलमा आपैmलाई हेर्दा ‘शून्यमय !’ र, बामपुड्के नै देखिने भए तापनि, भेटिने भए तापनि, वास्तवमै ‘आपूm केहीनजान्ने !’ भए तापनि सर्वज्ञ नै भएको देखाउनु पर्छ  !’ यो हामी नेपालीहरुमा रहेको आम र मुख्य समस्या हो । यस्तो गुण हामीले अरु वेला पनि वेलावेलामा देखाउने गरेको भए तापिन गत वर्ष र यस वर्ष पैmलिएको कोरोनाको महामारीको क्रममा अली बढी नै देखाएका छौै, देखाई रहेका छौं । जस्तो कोरोना महामारी सुरु भएको लगभग २० महिना पुग्न लाग्यो तै पनि हामीलाई मास्क लगाउनु पर्छ भन्ने ज्ञान छैन, किनभने हामीलाई कोरोना महामारी केही होइन, हल्ला मात्रै हो  भन्ने राम्रोसँग थाहा छ !?

धन्य तापिन हाम्रो देशको दयालु सरकारले आप्mना प्यारा जनताहरुको ज्यान नजाओस् भन्नका लागि नाम मात्रैको भए पनि निषेधाज्ञा लागू र लकडाउन गरेको छ । हुन पनि सरकारले आप्mना प्यारा जनताहरुलाई अत्यावश्यक चिजबिजहरु जस्तै खान्ते–पिन्ते, अन्य सेवा–सुविधा, औषधो–उपचार, सार्वजनिक यातायात नचलेको अवस्था, राहत प्याकेज व्यवस्थापन बिना नै निषेधाज्ञा लागू गरेको थियो÷छ । त्यो वेला बिना राहत प्याकेज र सहुलियत निषेधाज्ञा लागू भएको हुनाले कोही पनि व्यक्ति काम गर्न जान सक्ने अवस्था नभएकोले गर्दा गरिव र दुःखीजनहरु विस्तारै कोरोनाको महामारीले भन्दा पनि निषेधाज्ञाका कारणले गर्दा काम गर्न नपाएर आप्mनो जीवन धान्न ‘आच्छु–आच्छु !’ हुँदै गएका थिए । कतिपय अति जान्नेसुन्ने (अजासु) हरुका भनाइ त ‘कति निमुखा, गरीब, दुःखी र बेसहाराहरुको त निषेधाज्ञाका कारण खान नपाएर मृत्यु हुने छ !’ भन्ने रहेको थियो । यसरी लामो समयसम्म निषेधाज्ञा (केही खुकुलोपनसहित) जारी रहँदा पनि कोरोनाको दोस्रो लहरअभैm  रोकिने त परको कुरो कम भएर जाने छाँटकाँट देखिएको छैन । बरु अब चाँडै तेस्रो लहर आउनेवाला छ ।

हुन पनि आधारभूत तहबाट हेर्दा गत वर्ष पनि सबैभन्दा तल्लोस्तरमा जीवन निर्वाह गरी रहेका अति गरीब, दुःखी र निमुखा र बेसहारा जनताहरुलाई कोरोना भाइरसबाट भन्दा पनि खान नपाएर भोकले मर्ने चिन्ता बढी थियो  । यो वर्ष (अहिलें) को निषेधाज्ञा वा लकडाउनले पनि आखिरमा तल्लोस्तरमा जीवन निर्वाह गरी रहेका अति गरीब, दुःखी र निमुखा र बेसहारा जनताहरुलाई नै कोरोना भाइरसको दोस्रो लहरको महामारीले पार्ने÷गर्ने असरबाट भन्दा पनि खान नपाएर भोकैले धेरै मर्ने संभावना देखिन्छ । यो वर्ष (गएको वैसाखदेखि) कोरोना महामारीको दोस्रो लहर यो हदसम्म पैmलनुमा सबैभन्दा ठूलो भूल वा गल्ती राजनीतिक दलहरुबाट भएको थियो । त्यसमा पनि तत्काली सरकार पक्षका मान्छेहरु बढी दोषी थिए । किनभने सरकार भनेको त जनताको अविभावक पनि हो । तर, सरकार स्वयम् पनि त्यो वेला बढी नै उच्छङ्खृल हुँदै र, पार्टीको आन्तरिक द्धन्दलाई सही किसिमले निप्टारा लगाउनुको सट्टा आप्mनै दलभित्रको प्रतिपक्षलाई शक्ति देखाउने नाममा गाउँगाउँबाट बसमा हालीहाली मान्छे जम्मा गरेर भीडभाड (ठूलो जमात) का साथ ठाउँठाउँमा आमसभा र सरकारको समर्थन र्यालीका कार्यक्रमहरु गर्यो । सरकारको विपक्षमा भएकाहरुको त झनै के कुरो गराई भो र ? उनीहरुले त झनै धेरै र ठूलो भीड जम्मा पारेर देशैभरिका ठूला सहरबजारमा जुलुस, आमसभा तथा विरोधसभाहरु गर्ने प्रयास गरेका थियो ।

अर्को भनेको त्यो वेला काठमाण्डौ उपत्यकामा ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) को दोस्रो लहर अली बढी नै चली रहेको अवस्थामा सरकारले निषेधाज्ञा लागू गर्ने लगभग पक्का भएपछि जसरी काठमाण्डौ उपत्यका छाडेर धेरै मान्छेहरु आ–आप्mनो गृह जिल्ला वा गाउँगाउँ  गए (लगभग ६ लाख मानिसहरु गए भन्ने अनुमान छ) ती मध्ये कतिले ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) को दोस्रो लहर पनि आपूmसँगै गाउँगाउँ लगेर गए ? अहिलेसम्म कसैले, कुनै निकायले अध्ययन, अनुसन्धान गर्ने कुरो त परै जाओस्, रेकर्डसम्म राखेनन् होला ! जबकि चाहेको र, बुद्धि पुगेको भए यो काम सुरुमै स्थानीय निकायहरुले आ–आप्mनो क्षेत्र÷गाउँ–टोलमा प्रभावकारी ढंगले राख्न सक्थ्यो । सुरुमै स्थानीय निकायहरुले आ–आप्mनो क्षेत्र÷गाउँ–टोलमा नयाँ प्रवेश गरेका मान्छेहरुको प्रभावकारी ढंगले तथ्यांक राख्न सकेको भए जसरी कोरोना पैmलियो, त्यसरी पैmलिनबाट रोक्न सकिन्थ्यो कि ?मानवीय क्षति अलि कम हुन्थ्यो कि ?

हुन पनि भाइरल रोग विज्ञहरु र वैज्ञानिकहरुले कोरोना संक्रमणको बारेमा धेरै कुरोहरु बताई सकेका छन्, बताई रहेका छन् । उनीहरुका अअनुसार अब कोरोना धेरै लामो समयसम्म हामीसँगै रहन्छ । अथवा भनौं अब कोरोना पन एचआईभी÷एडस जस्तै लामोसमयसम्म मानिसहरुसँसँगै रहने छ । अर्को भनेको कोरोनाभाइरस कति व्यापक र खतरनाक छ ! भन्ने बारेमा मान्छेहरुले आपैmले आँकल गरेर वा आपैmले बुझेर बाहर फेर जाँदा अनिवार्य मास्क लगाउने, निश्चित दुरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने, भीडभाडमा नजाने हो भने र, अनुशासन पालना गर्ने र नैतिकता लागू गर्ने हो भने वास्तवमा ‘लकडाउन‘ वा ‘निषेधाज्ञा’ लगाई रहनै पर्दैन थियो । तर, कोरोना महामारी सुरु भएको लगभग २० महिना पुग्नै लाग्दा पनि हामी नेपालीहरुलाई भीडभाडमा मास्क लगाउनु पर्छ भन्ने ज्ञान प्राप्त भएको छैन, चेतना आएको छैन, हामी नेपालीहरु साँच्चै विवेक–शून्य हौं !? खास गरी सार्वजनिक रुपमा चल्ने बस, मिनीबस, माईक्रो बस, हाई एस, भ्यान, टेम्पो आििद साहू, साहूनी चालक र सहचालक (अचेल खलाँसी भन्नु हुँदैन !) हरु नै मास्क नलगाउने, लगाए पनि नाक र मुख छोप्नेगरी लगाउनुपर्ने मास्क चिउँडो मात्रै छोप्नेगरी लगाउने गर्छन् । कतिपय खलाँसी भन्न नहुने सहचालक महानुभावहरुलाई त हामी यात्रुले सम्झाउँदा उल्टै भर्खरसम्म आप्mनो चिउँडो मात्रै छोप्नेगरी लगाएको मास्क समेत खोलेर हातमा लिनेहरु पो ब्रगेल्ती भेटियो ! यसले के को र कस्तो संकेत गर्छ ? पक्कै पनि घमण्डको संकेत गर्छ ।

तर, कुनै विद्धानले भनेका छन्, ‘– घमण्डले मानिस फुल्छ । तर अगाडि बढ्न सक्दैन । गर्छन् । हो, कतिपय सहचालक भनिने त्यस्ता खलाँसीहरुको खासै सपना पनि नहोला, अगाडि बढ्ने त्यस्तो खासै योजना पनि उसको नहोला नै । तर, मानौं नेपालमा कोरोनाको महामारी अचानक बढ्यो । अनि ती विचरा खलाँसी भन्न नहुने सहचालक महानुभावहरुलाई कोरोना महामारीको संक्रमणले भेट्यो । अब उसको हालत के होला ? के ऊ सँग महँगो वा सुविधा सम्पन्न अस्पतालहरुमा गएर उपचार गर्ने पैसोको जोहो गरिएको होला ? अथवा गत वैसाख–जेठमा ताका जस्तै ‘सेकेन्ड–सेकेन्ड’मा ‘मिनेट–मिनेट’मा कोरोना महामारीका विरामीलाई एम्बुलेन्स र पैसा प्रशस्त हुनेहरुले हेलीकप्टर चार्टर गरेर अस्पताल पुर्याउन सक्ने क्षमता होला ? अनि हामी (म जस्तो ) जस्तो यात्रुहरुले कोरोनाको महामारी बारे सम्झाइृ बुझाई गर्दा विचरा खलाँसी भन्न नहुने सहचालक महानुभावहरुले आप्mनो चिउँडो मात्रै छोप्नेगरी लगाएको मास्क समेत खोलेर देखाउने !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार