इलाम : इलामका १० स्थानीय तहमध्ये फाकफोकथुम गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ अनुसार फाकफोथुम आर्थिक वर्ष २०७६।०७७ मा कुल लेखा परिक्षण गरिएको रकमको ६ दशमलव ८१ प्रतिशत बेरुजु देखिएको हो ।
महालेखा परिक्षकको कार्यालयले फाकफोथुममा ८२ करोड ३९ लाख ३६ हजार रुपैयाँको महालेखा परिक्षण गर्दा ५ करोड ६० लाख ६० हजार रुपैया बेरुजु देखाएको हो ।
त्यसैगरी दोश्रोमा रोङ गाउँपालिकामा ९४ करोड ३६ लाख ७८ हजार रुपैयाँको लेखापरिक्षण गरिएकोमा ३ करोड ७५ लाख २५ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरिक्षण गरिएको कूल बजेटको ३ दशमलव ९८ प्रतिशत हो ।
माईजोगमाई गाउँपालिकामा ८३ करोड ३९ लाख ६० हजार रुपैयाँको लेखापरिक्षण गरिएकोमा २ करोड ६० लाख ६७ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरिक्षण गरिएको कूल बजेटको ३ दशमलव १३ प्रतिशत हो ।
देउमाई नगरपालिकामा १ अर्ब ८ करोड ६३ लाख ५१ हजार रुपैयाँको लेखापरिक्षण गरिएकोमा ३ करोड १४ लाख ११ हजार रुपैया बेरुजु निस्किएको छ । यो लेखापरिक्षण गरिएको कूल बजेटको २ दशमलव ८९ प्रतिशत हो ।
सन्दकपुर गाउँपालिकामा ७८ करोड ४ लाख ९ हजार रुपैयाँको लेखापरिक्षण गरिएकोमा २ करोड १४ लाख ४६ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरिक्षण गरिएको कूल बजेटको २ दशमलव ७५ प्रतिशत हो ।
सूर्योदय नगरपालिकामा १ अर्ब ९७ करोड ३५ लाख २ हजार रुपैयाँको लेखापरिक्षण गरिएकेमा ५ करोड १४ लाख ३७ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरिक्षण गरिएको कूल बजेटको २ दशमलव ६१ प्रतिशत हो ।
सदरमुकाम रहेको इलाम नगरपालिकामा १ अर्ब ९१ करोड १ लाख ५१ हजार रुपैयाँको लेखा परिक्षण गरिएकोमा ४ करोड ४३ लाख १० हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरिक्षण गरिएको कूल बजेटको २ दशमलव ३२ प्रतिशत हो ।
माई नगरपालिकामा १ अर्ब १२ करोड ११ लाख ६२ हजार रुपैयाँको लेखापरिक्षण गरिएकोमा २ करोड ५० लाख २२ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरिक्षण गरिएको कूल बजेटको २ दशमलव २३ प्रतिशत हो ।
चुलाचुली गाउँपालिकामा ८५ करोड ७८ लाख २८ हजार रुपैयाँको लेखापरिण गरिएकोमा १ करोड ८४ लाख ४६ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरिण गरिएको कूल बजेटको २ दशमलव १५ प्रतिशत हो ।
जिल्लामा सबैभन्दा कम माङ्सेबुङ गाउँपालिकामा बेरुजु निस्किएको छ । ७० करोड १४ लाख २६ हजार रुपैयाँको लेखापरिण गरिएकोमा १ करोड ४६ लाख ५९ हजार बेरुजु निस्किएको छ । यो लेखापरिक्षण गरिएको कूल बजेटको २ दशमलव ०९ प्रतिशत हो ।