आठ जना पत्रकारलाई फोनिज अवार्ड, दुई पत्रिकालाई मातृभाषा सम्मान

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आठ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

फोनिजको २२औँ स्थापना दिवस तथा विश्व आदिवासी दिवसको अवसरमा साउन २७ गतेका दिन पत्रकारहरुलाई पुरस्कार दिने निर्णय भएको हो ।

सल्लाहकार अनिता गुरुङको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिसमा फोनिजले पुरस्कार दिने निर्णय गरेको हो ।

पुरस्कृत पत्रकारहरुमा कुमार यात्रु, राजकुमार दिक्पाल, आङदावा शेर्पा, तिलक पुन, मौसम रोकामगर, रचना श्रेष्ठ, इन्द्रजित मुखिया र भवानी बराल छन् ।

त्यसैगरी, यसै वर्षबाट स्थापित फोनिज मातृभाषा पत्रकारिता सम्मानबाट पहुरा दैनिक र तान्छोपा मासिकलाई संयुक्त रुपमा सम्मान गरिने भएको छ ।

No description available.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार