काठमाडौं : बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु स्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
बालाजु प्रहरीका अनुसार ८ दमकल तथा कम्तीमा २० वटा पानी ट्यांकर प्रयोग गरि आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आर्मी, सशस्त्र प्रहरी, प्रहरीसहितले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीको कारण र क्षतिको विवरण भने थाहा नभएको प्रहरीले जनाएको छ ।