लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. ३२औँ संस्करणको टोकियो ओलम्पिकमा सबैभन्दा कम उमेरको खेलाडी को हुन् ?

 हेन्ड जाजा (सिरियाकी टेबलटेनिस खेलाडी)
(ओलम्पिकमा पहिलो पटक सहभागी जाजाको उमेर १२ वर्ष मात्र रहेको । गत वर्ष जोर्डनमा सम्पन्न ओलम्पिक छनोटमा जाजाले स्थान सुरक्षित गर्दा ११ वर्ष मात्र थिइन् ।)

२. हाल अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अध्यक्षमा को रहेका छन् ?
 थोमस बाख

३. अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा ‘नोर्गे मोन्टस’ राखेको छ ?
 प्लुटो

४. प्रसिद्ध पुस्तक ‘एनिमल फार्म’का लेखक को हुन् ?
 जर्ज अर्वेल

५. नेपालबाटै लोप भएको भनिएको सिरीगाई कहाँ फेला परेको छ ?
 ताप्लेजुङमा
(करिब तीन वर्षअघि नै लोप भइसकेको भनिएको सिरीगाई ताप्लेजुङको साब्लाखु, सिनाम र आंँखोपमा फेला परेका छन् । त्यहाँ फेला परेका गाई, गोरु र बाच्छालाई अनुसन्धान एवं संरक्षणका लागि कृषि अनुसन्धान परिषद् (नार्क)मा लगिएको छ । यसअघि मुस्ताङबाट लिली जातको गाई र अछामबाट अछामी जातको गाई तथा गोरु नार्कले खुमलटार लगेको छ । लोपोन्मुख प्रजातिका गाईको संरक्षण तथा थप उत्पादनका लागि नार्कले सङ्कलन तथा पहिचानको अभियान चलाएको जनाइएको छ ।)

६. मानव विकास सूचकाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका तराई–मधेसका स्थानीय तहमा तराई–मधेस समृद्धि कार्यक्रम कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ?
 आ.व. २०७५÷७६
– तराई–मधेस समृद्धि कार्यक्रमले भौतिक पूर्वाधार विकास गरी सार्वजनिक क्षेत्रमा पहुँच वृद्धिका साथै रोजगारी र आय आर्जनमा जोड दिएको ।
– सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा सञ्चालित यो कार्यक्रममा सङ्घीय सरकारको अधिकतम ९० प्रतिशत र स्थानीय सरकारको न्यूनतम १० प्रतिशत हुनुपर्ने प्रावधान रहेको ।
– कार्यक्रमअन्तर्गत सामूहिक आवास भवन, सामुदायिक पूर्वाधार, सडक, कृषि विकास, खानेपानी तथा सरसफाइ, सिँचाइ तथा नदी नियन्त्रण, ऊर्जा, विपत् न्यूनीकरण पूर्वाधार आयोजना सञ्चालन गरिएको ।

७. पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई के भनिन्छ ?
 देशान्तर
– देशान्तर रेखाहरू एक–एक डिग्री फरकमा पूर्वी गोलाद्र्धमा १८० र पश्चिमी गोलाद्र्धमा १८० गरी ३६० वटा हुन्छन् । हरेक १ डिग्री देशान्तरमा चार मिनेट समय फरक पर्छ ।
– कुनै स्थानको स्थानीय समय पत्ता लगाउन देशान्तर रेखाको सहयोग लिइन्छ ।

८. नेपालको पहिलो कलेज ‘त्रिचन्द्र कलेज’को स्थापना कहिले भएको हो ?
 वि.सं. १९७५
– वि.सं. १९७६ मा त्रि–चन्द्रमा आई. ए. तथा आई.एस्सी., वि.सं. १९८१ मा बी.ए. तथा वि.सं. २००४ मा बी.एस्सी.को पठनपाठन सुरु भएको हो ।
– वि.सं. २०३० मा नयाँ शिक्षा लागू गरिएपश्चात् यसलाई त्रि–चन्द्र कलेजबाट त्रि–चन्द्र क्याम्पस नामकरण गरिएको ।

९. आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कार्तिक शुक्ल एकादशीलाई के भनिन्छ ?
 हरिवोधिनी एकादशी

१०. विभिन्न किसिमका जीवजन्तु, पशुपन्छी, कीटपतङ्गको वासस्थानका लागि सीम, घोल, पोखरी, नदी किनारमा सधैँ पानीले भिजिरहने ओसिलो भूमिलाई के भनिन्छ ?
 सिमसार

११. “हाम्रो सबैभन्दा ठूलो कमजोरी प्रयत्न गर्न छोड्नुमा छ, सफलता प्राप्त गर्ने सबैभन्दा सुनिश्चित उपाय भनेको अर्को एक पटक प्रयत्न गर्नु मात्र हो” भन्ने विचारक को हुन् ?
 थोमस अल्वा एडिसन, वैज्ञानिक

१२. ‘सङ्गीत शिरोमणि’ भनी यज्ञराज शर्मालाई चिनिन्छ भने ‘वाद्य शिरोमणि’ भनी कसलाई चिनिन्छ ?
 उस्ताद गणेशलाल

१३. नेपालमा धामी–झाँक्रीले गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?

 ढ्याङ्ग्रो

१४. कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ ?
 पिण्ड
(वस्तुको पिण्ड भौतिक तराजुले नापिन्छ । अन्तर्राष्ट्रिय नापतौल विभागमा राखिएको प्लाटिनम इरिडियम धातुबाट बनेको ढकको पिण्डलाई एक किलोग्राम मानिन्छ ।)

१५. पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात देखा पर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ ?
 उत्परिवर्तन
– एउटै जातिका सजीवहरूको बीचमा देखा पर्ने असमानतालाई परिवृत्ति (मातापितामा भन्दा सन्तानमा देखिने केही न केही भिन्नता) भनिन्छ ।
– एकै खाले वंशाणु भएर पनि फरक–फरक किसिमको वातावरणमा हुर्कंदै जाँदा विभिन्नता देखा पर्नुलाई वातावरणीय परिवृत्ति भनिन्छ ।

१६. मुटुबाट शरीरका विभिन्न भागमा रगत पु-याउने रक्त नलीलाई के भनिन्छ ?
 धमनी (ब्चतभचष्क)
(शरीरका विभिन्न भागबाट रगत मुटुसम्म पु-याउने रक्तनलीलाई शिरा (खभष्लक) भनिन्छ ।)

१७. महान् दार्शनिक सुकरातको जन्म कहाँ भएको थियो ?
 ग्रिसको एथेन्स सहरमा

१८. काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा एवं झ्यालढोका, टुँडाल, फर्निचर आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ?
 काष्ठकला

१९. नेपालमा सर्वप्रथम स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?
 बालाजु औद्योगिक क्षेत्र (वि.सं. २०१६)

२०. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
 धर्म कचहरी

२१. ‘ऊ मरी अरे’ नामक कृतिका रचनाकार सुवास घिसिङ हुन् भने ‘ऊ मरेकी छैन’ नामक कृतिका रचनाकार को हुन् ?
 बालकृष्ण सम

२२. झाँगड भाषा कुन भाषिक परिवारभित्र पर्दछ ?
 द्रविड

२३. नेपालमा दिगो आर्थिक विकास र मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार केलाई मानिएको छ ?
 कृषि

२४. दुई हात प्रयोग गरी बजाइने आवाजलाई ताली भनिन्छ भने दुई औँला प्रयोग गरी बजाइने आवाजलाई के भनिन्छ ?
 चुट्की

२५. नोबल पुरस्कार प्राप्त गर्ने विश्वको पहिलो महिला म्याडम म्यारी क्युरीको जन्म कहाँ भएको थियो ?

 पोल्यान्डको वार्सा

२६. मानव शरीरमा कति किसिमका जोर्नीहरू हुन्छन् ?
 तीन (अचल जोर्नी, अर्धचल जोर्नी र चल जोर्नी ।)

२७. दुग्ध विकास संस्थान (डीडीसी)को स्थापना कहिले भएको हो ?
 वि.सं. २०२६ साउन १
– संस्थान ऐन, २०२१ अन्तर्गत यो संस्थानको स्थापना भएको ।
– ग्रामीण क्षेत्रका दुध उत्पादक कृषकलाई दूधको उचित मूल्यका साथै निश्चित बजारको व्यवस्था गर्ने एवं सहरी उपभोक्तालाई गुणस्तरयुक्त प्रशोधित दूध तथा दुग्ध पदार्थहरू सर्वसुलभ तरिकाले नियमित रूपमा आपूर्ति गर्ने उद्देश्यका साथ यस संस्थानको स्थापना भएको ।

२८. टेलिप्रम्टर भनेको के हो ?
 सार्वजनिक सम्बोधनका क्रममा वक्तालाई आफ्नो लिखित मन्तव्यको प्रस्तुतिमा सहजता पु-याउने प्रविधि
– टेलिप्रम्टरमा पोडियमको नजिक आवश्यकताअनुसार एक वा दुईवटा पारदर्शी स्क्रिन राखिएको हुन्छ । आममानिसले यसलाई सहजै देख्न सक्दैनन् तर केही गहिरो गरी हेरेमा देख्न सकिने हुन्छ । यसमा वक्तालाई सहज हुने गरी वक्ताको नजिकै कतै बसेर वक्ताको गतिसँगै अक्षरहरू सार्दै गइन्छ । वक्ताले स्क्रिनमा सहजै ती अक्षरहरू पढ्न सक्छन् । यसबाट वक्ताले श्रोतातर्फ हेर्दै प्रभावकारी रूपमा आफ्नो लिखित मन्तव्य स्वतःस्फुर्त रूपमा व्यक्त गर्न सक्छन् ।
– नेपालमा पहिलो पटक वि.सं. २०७५ जेठ १६ मा यो प्रविधिको प्रयोग गरिएको ।

२९. जयतु संस्कृतम् आन्दोलनको प्रारम्भ कहिले भएको थियो ?
 वि. सं. २००४ असार १
(संस्कृत छात्रावास काठमाडौँका विद्यार्थीले सरकारसमक्ष विभिन्न माग राखी आन्दोलन प्रारम्भ गरेका थिए । तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले संस्कृत भाषालाई मृत भाषा भनेकोमा चर्किएको सो आन्दोलन खासगरी शैक्षिक र राजनीतिक उद्देश्यबाट प्रेरित थियो ।)

३०. नेपाली आधुनिक कलाका वरिष्ठ कलाकार उत्तम नेपाली (कर्माचार्य)को निधन कहिले भएको हो ?
 वि.सं. २०७८ साउन ६ (८४ वर्षको उमेरमा)
– वि.सं. १९९४ मा काठमाडौँ किलागलमा जन्मनुभएका नेपालीको शिक्षादीक्षा भारतको लखनऊमा भएको । केही समय सूचना विभाग, हुलाक सेवा विभाग तथा रेडियो नेपालमा समेत जागिर खाएका नेपाली तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा २०५२ देखि २०५६ सम्म प्राज्ञ परिषद्का सदस्यका रूपमा सक्रिय रहनुभएको ।
– उहाँले आधुनिक अमूर्त चित्रकलाको विकासमा ठूलो योगदान दिनुभएको । कला साहित्यमा समेत दख्खल राख्ने नेपालीको मुख्य पेसा भने आधुनिक चित्रकला नै रहेको ।
– यसबाहेक नेपाली कुशल अभिनेता पनि हुनुहुन्थ्यो । उहाँले नेपाली कलाकारलाई लिएर नेपालमै बनेको पहिलो नेपाली फिल्म आमामा खलनायकका रूपमा अभिनय गरी पहिलो नेपाली खलनायकको परिचय पनि बनाउनुभएको । नेपालीले यसबाहेक मनको बाँध, परिवर्तनजस्ता फिल्ममा पनि विभिन्न भूमिकामा अभिनय गर्नुभएको ।
– २०६१ सालमा उहाँको कृति ‘उत्तम नेपालीका कविताहरू’ प्रकाशित भएको ।
– उहाँका दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ ।

-गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार