इलाम : इलामको सुर्योदयमा रहेको चिया कारखानामा आगलागी हुदा तीन करोड बराबरको नोक्सानी भएको छ । नगरपालिकाको वडा नं. ८ स्थित सिद्धिखोला नजिकै रहेको रक्तकाली चिया उद्योगमा आगलागी भएको हो । गए राती करिब १ बजे तिर विद्युत सर्ट भई आगलागी भएको बताईएको छ ।
दिनेश माझीको नाममा रहेको उद्योग आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट तीन करोड रुपैयाँको क्षति भएको बताईएको छ । आगो प्रहरी, शसस्त्र प्रहरी, स्थानीय र बारुण यन्त्रको सहयोगमा बिहान ६ बजे नियन्त्रणमा आएको थियो ।
























































