समाचार प्रभाव : इलाम अस्पतालले सुरु गर्‍यो सबै बिरामीलाई भिडियो एक्सरे सेवा

  गाेपाल निराैला
203 Shares

इलाम : इलाम अस्पतालले सबै बिरामीलाई भिडियो एक्सरेको सेवा दिन सुरु गरेको छ । भिडियो एक्सरेको लागि दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नभएको भन्दै अस्पतालले स्त्रीरोग बाहेकका अन्य बिरामीहरुलाई निजी क्लिनिकमा पठाउने गरेको थियो । सोही बिषयलाई लिएर नयाँ बुलन्द डटकमले इलाम अस्पतालले भिडियो एक्सरे नगर्दा बिरामी मर्कामा भन्ने समाचार प्रकाशन गरेपस्चात यो सेवा सुचारु गरिएको हो ।

यो भन्दा अगाडि  स्त्रीरोगका बिरामीले मात्र लामो समयदेखि अस्पतालबाट भिडियो एक्सरेको सेवा पाउँदै आएका थिए । आर्थिक अवस्था कमजोर रहेका बिरामी चर्को शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य भएपछि यस विषयमा धरैको गुनासा आएका थिए ।

हाल भने दिउसो १ बजेबाट २ बजेसम्म स्त्रीरोगका बिरामीको र २ बजेपछि अन्य बिरामीको भिडियो एक्सरे हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ । प्रशासनका अनुसार डाक्टर प्रभु शाह र विश्रुत सापकोटाले भिडियो एक्सरे गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार