तलब माग गर्दै नागरिक दैनिकको कार्यालयमा पत्रकारको धर्ना

  नयाँ बुलन्द
182 Shares

इलाम : दुई बर्षदेखि तलब नपाएको भन्दै नेपाल रिपब्लिका मिडिया प्रालिद्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत पत्रकारहरु धर्नामा बसेका छन् । श्रमजीबि पत्रकार ऐन अनुसारको तलब पाउनुपर्ने माग गर्दै जिल्ला संवाददाताहरुले काठमाडौँको सुन्धारास्थित केन्द्रीय कार्यालयमा बुधबारदेखि धर्ना सुरु गरेका हुन् । बिभिन्न चार बुँदे माग राखेर धर्ना सुरु गरिएको नागरिक दैनिकका पाँचथर संवाददाता गिरिराज बाँस्कोटाले  जानकारी दिए ।

धर्नामा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, पूर्व केन्द्रीय सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी लगायतले ऐक्यवद्धता जनाएका छन् ।

उनीहरुले हालसम्मको सम्पूर्ण पारिश्रमिक तत्काल पाउनुपर्ने, कोरोना महामारीको बाहानामा पत्रकारलाई दुःख दिन नहुने, छ महिना परीक्षणकाल पूरा गरेका सबै स्ट्रीञ्जर जिल्ला समाचारदातासहित सबै पत्रकारहरुलाई स्थायी नियुक्ति र प्रचलित श्रमजीवी पत्रकार ऐनबमोजिमको सेवा सुविधा दिनुपर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार