इभाङ स्वास्थ्य चौकीबाट ७७ जनालाई कोरोना विरुद्धको खोप

  नयाँ बुलन्द  155 पटक हेरिएको

माङसेबुङ : ईलामको माङसेबुङमा कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो डोज मंगलबार सुरू गरिएको छ ।

माङसेबुङ २ स्थित ईभाङ स्वास्थ चौकीमा पहिलो दिन ७७ जनाले सो खोप लगाएका छन् । ५५ वर्ष माथिका ५८, शिक्षक १५ र कर्मचारी ४ जनाले खोप लगाएको स्वास्थ्य संस्थाकी ईन्चार्ज सपना मगरले जानकारी दिइन् । अन्य वडामा पनि खोप सुरू भएको माङसेबुङ गाउँपालिकाका स्वास्थ्य संयोजक प्रदिप राईले बताए ।

माङसेबुङ २ का ६५ बर्ष माथिका १ सय ९९ जना ले लगाईसकेको कोभिसिल्ड खोपको दोस्रो डोज लगाउन नपाउँदा दुखित भऐका छन् । गत फागुनमा चलेको सो खोपको दोस्रो डोजको कुरिरहेको स्थानीय बताउँछन् ।

६० देखि ६४ उमेर समुहका ५४ जनाले भेरोसेल खोप दुबै डोज लगाईसकेका छन् । यता लामो समयपछिको अन्तरालमा मात्र आफुहरू खोप पाउने लक्षित वर्गमा पर्दा दु:ख लागेको ईभाङ आधारभूत विद्यालयका शिक्षक मेघानाथ गडतौलाले बताए ।

खोप लगाईराख्दा राज्यले शिक्षकलाई हेर्ने नजर राम्रो नभएको गुनासो पोखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार