लुम्बिनीमा जसपाले गर्‍यो ३ सांसदलाई कारवाही

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशका तीन सांसदहरु कारबाहीमा परेका छन् । आज बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महन्थ ठाकुर पक्षका ३ सांसदहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । सोमवार निर्वाचन आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएसँगै आज बसेको पहिलो बैठकले सो निर्णय गरेको स्रोतले जनाएको छ ।

बैठकले सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारबाही गरेको हो । यसअघि सरकारमा सहभागी भएका उनीहरुलाई पार्टीको हितविपरित काम गरेको भन्दै कारवाही गरिएको स्रोतको दाबी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार