ओली सरकारले जस्तो अपराध गर्ने छुट नयाँ सरकारलाई छैन् : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले केपी शर्मा ओली सरकारले गरेका बेथिति दोहोर्याउने जस्तो अपराध गर्ने छुट नयाँ सरकारलाई नभएको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले ओली सरकारका बेथितिहरुको फेहरिस्त सुनाएका थिए । ओली सरकार बालुवाटारबाट बार्दली पुगेको उल्लेख गर्दै उनले भने, ‘अदालतलाई हप्काउने, संसदलाई हेप्ने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै नयाँ अध्याय शुरु भएको जनाउँदै थापाले सरकार र संसदसँग जनताले नयाँ अपेक्षा गरेको बताए । उनले ओली सरकारले जस्तो अपराध गर्ने छुट नयाँ सरकारलाई नभएको उल्लेख गर्दै संसद सरकारसँग डराउने नहुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार