तीन वटा प्रदेशका प्रमुख हटाउने सरकारको तयारी

तीन वटा प्रदेशका प्रमुख हटाउने सरकारको तयारी

काठमाडौँ । सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिएको हो ।

अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश २ का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मानन्द यादवलाई हटाउने तयारी भएको हो । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सबै प्रदेश प्रमुख हटाएर भागबण्डामा नियुक्त गर्ने सहमति शीर्ष नेताहरूबीच भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार