इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा फेरी चर्कियो आन्दोलन

  नयाँ बुलन्द  657 पटक हेरिएको

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा फेरी चर्कियो आन्दोलन

इलाम : आफुहरुको माग सम्बोधन नगरेको भन्दै इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा बिएस्सी हर्टिकल्चर (बागवानी)का बिद्यार्थीहरु पुन आन्दोलनमा उत्रिएका छन् । २०६९ सालदेखी क्याम्पसमा नयाँ बिषयका रुपमा बिएस्सी हर्टिकल्चर (बागवानी) पढाइ सुरु भए पनि  हालसम्म लोकसेवा सुनिश्चित नहुँदा बिद्यार्थीहरु मारमा परेका हुन । यतिबेला इलाममा कोरोना संक्रमण दर निरन्तर उकालो लागेपछि कडाइका साथ निशेधाज्ञा लागु गरिएको छ । तर क्याम्पसमा बिएस्सी हर्टिकल्चर (बागवानी) बिषयका विद्यार्थीहरू यो माहामारीको बिचमा पनि लोकसेवा सुनिश्चित हुनुपर्ने माग सहित आन्दोलनमा हाेमिएका छन् ।

मापदण्ड पुगेका कृषि सेवा समूह बागवानी, कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकास) मा लोकसेवाको सुनिश्चितता हुनुपर्ने माग सहित बिद्यार्थीहरु सोमबार बाट पुन रचनात्मक आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आफुहरुको माग सम्बोधन गरिदिन भन्दै राजधानी सम्म पुगेर मन्त्रालय देखि लोकसेवा आयोगमा समेत आफुहरुको मागको सुनुबाई गरिदिन आग्रह गरेर आएकोे भएपनि आफुहरुको मागप्रति बेवास्था गर्दा यो बिसम परिथतिमा पुन आन्दोनल गर्न बाध्य भएको गोरखा घर भएकी बिद्यार्थी महिमा गौतमको भनाई छ ।

विद्यार्थीले ब्यानर प्रदर्शनी, कालो पट्टी बाँधेर अध्ययन गर्ने, साहित्य बाचन,नाटक प्रर्दशनी लगायतका कार्यक्रम राखेका हुन । मरब क्याम्पसमा २०६९ सालदेखी यो बिषय अध्यापन हुँदै आएको छ । बागवानीमा बिएस्सी गरेका सबैले बागवानीसँगै कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान, बाली विकासमा पनि लोकसेवा दिन पाउनुपर्ने मुख्य माग रहेको उनीहरुको भनाई छ । क्याम्पस शुल्कसहित १० लाख रुपैयाँभन्दा धेरै खर्चेर टाढाबाट बिद्याथीहरु पढ्न इलाम आएका छन् तर यो समस्या सुरु देखीकै भएपनि हालसम्म माग सुनुवाइ नभएको कालिकोटका किसोर आर्चायको दुखेसो छ । आर्चाय त्यति टाडा बाट अध्ययनका लागि यहाँ सम्म आइपुगेपनि यस्तो अबस्था हुदाँ आफनो लगानी त सकियो नै समय समेत बर्बाद भएको बताए । आर्चायको मात्र होइन यहाँ आएका सबै यसै भनिरहेका छन् । देशै भरिबाट भेला भएका उनिहरुको भबिस्य कता तिर जाने हो अहिले सम्म पनि अनियोल नै रहेको छ ।

कृषि र पशु विज्ञान अध्ययन संस्थानअन्तर्गत त्रिभुवन विश्वविद्यालयका ४ वटा आंगिक क्याम्पससहित देशभरका ८ वटा क्याम्पसमा कृषि पढाइ हुन्छ । यीमध्ये हर्टिकल्चर पढाइ हुने इलाम एकमात्र क्याम्पस हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थाद्वारा मान्यताप्राप्त यो क्याम्पस स्वायत्ततामा गएसँगै हर्टिकल्चरको पढाइ सुरु भएको हो । यस क्याम्पसमा हालसम्म २२८ जनाले बागवानीमा बिएस्सी गर्दैछन् भने १२० जनाले अध्ययन सकेका छन् । १०८ जना अहिले अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार