इलाममा मंगलबारबाट कोरोनाविरुद्धको खोप अभियान सुरु

  नयाँ बुलन्द  214 पटक हेरिएको

इलाम : इलाममा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएकाे छ ।  मंगलबारबाट ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउँन सरु भएकाे हाे ।  १२ गतेदेखि १४ गतेसम्म र १७ गतेदेखि १९ गतेसम्म खोेप सञ्चालन हुने छ । दुई चरणमा गरेर सञ्चालन गरिने खोप कार्यक्रमको लागि २२ हजार नांै सय ८८ डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय इलामले अाज पत्रकार सम्मेल गरेर जानकारी दिएकाे हाे । तर, इलाममा दुई लाख २७ हजार तीन सय ४६ जना खोपको ब्यग्र प्रतिक्षामा छन् ।  इलाममा पहिलो डोज मात्रै लगाएकाको संख्या २० हजार ९७ जना छन् । पहिलो डोज लगाएको लामो समयसम्म दोस्रो डोज नपाउँदा खोप कति प्रभावकारी हुने भन्नेमा चिन्तित छन् ।

इलाममा हालसम्म ३१ हजार चार सय ६३ जनाले खोप लगाएका छन् । ती मध्ये दुवै डोज पुरा गर्नेको संख्या सात हजार नौं सय ८८ मात्रै छन् । जिल्लामा विभिन्न चरणमा सञ्चालित कोरोना विरुद्धको खोप अभियानमा कोभिडशिल्ड २२ हजार छ सय ३० जना र भेरोसिल्ड लगाउनेको संख्या आठ हजार आठ सय ३३ जना रहेका छन् । खोप कार्यक्रम जिल्लाका सम्पूर्ण पालिकाका श्वास्थ्य सस्थाहरुमा सन्चालन हुनेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार