अनुशासनविपरित गतिविधि गर्नेलाई माफी दिए पार्टीले दिने हो मैले होइन : अध्यक्ष ओली

  नयाँ बुलन्द  71 पटक हेरिएको

अनुशासनविपरित गतिविधि गर्नेलाई माफी दिए पार्टीले दिने हो मैले होइन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन विपरित गतिविधि गर्नेहरुलाई आफूले नभइ माफी दिए पार्टीले दिने स्पष्ट पार्नुभएको छ ।

आइतबार अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले केही दिनअघि माधव नेपालले महाराजधिराजबाट ‘माफी उवाच’ भएको भनी गरेको टिप्पणीप्रति जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

पार्टी अनुशासनविपरीत गतिविधि गर्ने जोसुकैलाई पनि कारवाही र माफी आफूले नभइ पार्टीले गर्ने उहाँको भनाइ छ ।

‘माधव नेपाललाई माफी दिने म को हुँ ? दिए पार्टीले दिन्छ,’ ओलीले बैठकमा बताउनु भयो। पार्टी एकता भन्दै अहिलेसम्म पनि माधव नेपाल एमालेविरुद्धको गठबन्धन बैठकमा सहभागी भइरहेकोप्रति ओलीले आपत्ति जनाउनु भएको थियो ।

एमालेभित्रकै केही व्यक्तिगत स्वार्थ बोकेकाहरूकै कारण अहिलेको अवस्था आएको ओलीको भनाइ थियो । जसकारण नेपाली राजनीतिमा पछिसम्म असर पर्ने उहाँले बताउनु भयो । अध्यक्ष ओलीले संविधानको अपव्याख्या भएर परमादेशमार्फत प्रधानमन्त्री नियुक्त हुनुमा अन्तर्राष्ट्रिय शक्तिको पनि हात रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीभित्रकै केही व्यक्तिको व्यक्तिगत स्वार्थ, ईर्श्यालुपन र पदलोलुपताका कारण पार्टीमा समस्या उत्पन्न भएको र उनीहरूले खेल्ने मौका पाएका छन् ।’ “बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ”, उहाँले भन्नुभयो, “पार्टीलाई स्वार्थ र विकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले पार्टीलाई नमूना बनाई सुशासन र विकासका लागि काम  गर्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले भन्नुभयो, “राजनीतिलाई बेठीक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसद्बाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले जनतामा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ ।”

अध्यक्ष ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराध विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताउनुभयो । “एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै”, उहाँले भन्नुभयो, “न्यानोपन दिन्छ नै, यसले आफ्नो सही विचार र सही मार्ग पनि हो, त्यसका लागि महिला जगत्ले ठूलो सहयोग जरुरी छ ।”

अध्यक्ष ओलीले बाटो विराएर अन्यत्र लाग्ने सांसद्हरुलाई क्षमा गर्ने भन्दै पार्टीमा फर्किन आग्रह समेत गर्नुभयो ।

साथै ओलीले देशको सबैभन्दा बढी जनसंख्या आफ्नो साथमा रहेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो’केपी ओलीको साथमा रहेको कुनै दुईचार जनाको झुन्ड होइन। देशको सबैभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ। देशको सबैभन्दा बढी जनसंख्या केपी ओलीको साथमा छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार