पुलिक सहित भोजपुरबाट ३ जना पक्राउ

डेमो तस्वीर

भोजपुर । भोजपुरमा पुलिक सहित ३ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । अरुण गाउँपालिकाको केन्द्र प्याउली बजारबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी चौकी प्याउलीबाट प्रहरी नायव निरीक्षकको कमान्डमा खटिएको टोलीले जाँच गर्ने क्रममा तीन जनालाई पुलिकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकृत प्रहरी निरीक्षक जीवन कुँवरले जनाए । उनका अनुसार पक्राउ पर्नेमा षडानन्द नगरपालिका–१४ का ४४ वर्षीय विश्वजित राई, सोही ठाउँका २० वर्षीय विश्वकुमार राई र अर्का २५ वर्षका अमन राई रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार