एकीकृत जनक्रान्ति

  तुफानसिंह कालिकोटे  463 पटक हेरिएको

साम्यबादी बिचारअनुसार कुनै देशमा क्रान्तिको कार्यदिशा निर्माण गर्दाखेरि उक्त देशको जनताको आर्थिक ,अबस्था,त्यहाँको, भौगोलिक अबस्थित रास्ट्रिय/अन्तर रास्ट्रिय परिस्थिति, प्रबिधि र सुचना प्रबिधिको बिकासलाई पनि अध्यन गर्न जरुरी हुदो रहेछ। रूसमा लेनिनले पहिलो विश्वयुद्धबाट थाकेको युरोप रुस आफै साम्राज्यवादि भएर पनि हारिरहेको अबस्था,देशभित्रको चरम आर्थिक सङकट र अन्तरास्ट्रिय स्तरमा साम्राज्यबादि पुजिबाद उदय भएको थियोे । यिनै तथ्यहरुलाई मनन गर्दै लेनिनले प्रथम विश्वयुद्धको मध्यसमय सन १९१६ को जुन- जनवरीमा ,साम्राज्यवाद- पुजिबाद्को चरम अबस्था,भन्ने एउटा् सोधप्रबन्ध नै तयार पार्नु भयो । उहाँले उक्त सोधप्रभन्धमा साम्राज्यवादका विशेषताहरुलाई यशप्रकारले व्यक्त गर्नुभएको छ – उत्पादनको सङ्केन्द्र्करण र एकाधिकारको बिकास ,पुजि ,निर्यात ,नयाँ नयाँ बजारहरु तथा प्रभाव क्षेत्रहरुमाथी कब्जा जमाउनका लागी संघर्ष ,आर्थिक समन्धहरुको अन्तर्राष्ट्रियकरण,पुजिबादको परजिबिका र ह्रास । श्रम र पुजिबिचको बिरोध तथा बर्गसंघर्षको तीब्रकरण,समाजबादमा सङ्क्रमणका लागि आबस्यक भौतिक पुर्बाधार हरुको कुरा गर्नु भयो। भयानक नरसंहारकारी विश्व र त्यसमा प्रयोग भएका प्रबिधिबाट लेनिन तर्सिनुभएन । बरु क्रान्तिको सम्भावना देख्नुभयो। हतियारबिहिन मजदुरहरुलाई हतियारबद्द हुन सिकाउनुभयो उक्त सोधप्रबन्ध लेखेको एक बर्ष पुग्दै गर्दा अक्टोबर क्रान्ति सफल भयो । लेनिनले तयार पारेको यो कार्यदिशा यशअघि कसैले निर्माण वा प्रयोग गरेका थिएनन् ।विश्व कम्युनिस्ट आन्दोलनका लागि उक्त कार्यदिशा नयाँ थियोे । रुसभन्दा अबिकसती र पिछडिएको अर्धसामन्ती र अर्धऔपनिबेसिक चिनमा माओले लामो समय लगाएर त्यहाँको अर्थतन्त्र ,भौगोलिक अबस्थित ,जनसंख्या,प्रथम विश्व युद्धको अन्त्य र दोर्सो विश्व युद्धको बिस्पोटनका ,लागी तयार भएको पृथ्वीको राम्रो अध्यनगर्नु भयो । उहाँले आर्थिक रूपमा अर्धसामान्ती र अर्ध औपनिबेसिक देशको अर्थतन्त्र दलाल ,पुजिबाद,र औधोगिक पुजिबाट भएको सङ्क्रमणको कुरा उठाउनु भयो। यिनै तथ्यहरुलाई आधार मानेर नयाँ जनबादी क्रान्तिको कार्यदिशा तयार पार्नुभएको थियोे । चिनमा नयाँ जनबादि क्रान्ति हुदै गर्दा बिस्वमा फेरि विश्व युद्ध भड्किएको थियोे अमेरिकाले जापानमा आणविक बम बिस्पोट गराएर बिस्वमा चलेको साम्यबादी आन्दोलन रोक्न खोजेको थियोे अमेरिकाको अणु बमको ध्वस्बास माओ डराउनुभएन ।बरु उहाँले त्यसको जमेर प्रतिबाद गर्नु भयो चिनमा अमेरिका जापानी साम्राज्यवाद र च्याङ्काईसेकलाई सहयोग गर्न आएको थियो। तर उ त्यहा पनि सफल हुन सकेन ।माओकालमा नै बिस्वमा अन्य देशहरुमा पनि क्रान्तिहरु सफल भएका छन ।

क्युवा,उत्तरकोरिया,यसका उदाहरणहरु हुन । यि देशहरुमा अमेरिकाले केही गर्न सकेन । बिज्ञान,ब्यावसायिक ,प्राबिधिक ,चिकित्साशास्त्र र ब्यबस्थापन विषयको शिक्षामा यिनिहरुको ब्यापार खुबै बढेको छ । शिक्षा बिचारबिनाको प्रबिधि मात्रै समाबेश गर्ने भएकाले र ठुलो लगानीबाट प्राप्त शिक्षा पनि लामो समय सम्म नटिक्ने भएकाले निगम शिक्षाले आबधिक जनशक्ति मात्र उत्पदन गर्छ । केहि समय पछि नै त्यो जनशक्ति बेरोजगार हुन पुग्छ । निगमको बोलवाला बढ्दै जादा साम्राज्यवादको प्रभुत्व घट्दै गएको छ । बिश्वमा पहिलोपटक कुनै ठूलो युद्धबिना नै एकल ध्रुबिय अमेरिकी साम्राज्यवादको प्रभुत्व कमजोर भएर बहुधुर्बिय हुँदै जानुको मुख्य कारण निगम पुजि हो । अहिले निगम पुजि बलियो देखिए पनि बिस्वका ३४ धनी रास्ट्र ( मान्छेहरु) का बिचमा जमिनलाई लिएर दन्द चल्ने छ नोम्स चोम्सकिले त जमिनलाई लिएर अबको विश्वयुद्ध निकट भबिस्यमा नै हुने भबिस्यबाणी अचुक हतियार (The ultimate weapon) मा गरेका छ्न। निगम पुजीवादको विशेषता साम्राज्यवादि पुजिबादको भन्दा भिन्न छ ,साम्राज्यवादि सत्ता हुन्थ्यो ,सरकार हुन्थ्यो । बलियो सत्ताको माध्यमबाट गरिब अबिकसित रास्ट्र र जनतामाथी युद्ध थोपरेर ,धम्क्याएर सत्ताधारिहरुलाई नै दलाल बनाएर शोषण ,दमन र उत्पीडन लाद्छ । तर निगम पुजिबादले त्यसो गरेको छैन उसले सत्तालाई किनिदिन्छ । कुनै देशको ,भुमी ,साधनस्रोत ,प्रबिधिलाई आफ्नो बनाउनका लागि राज्यद्वारा नै ऐनकानुन पातिर गराउछ । यसरी उसले कुनै पनि राज्यबाट मिलियन मिलियन कमाउछ। तर राज्यको ब्यबस्थापिका,कार्यपालिका ,न्यायपालिका,सुरक्षा निकाय ,राजनीतिक पार्टीका मुख्य नेताहरुलाई त्यसबाट चुहिएको केही चाट्नका लागि छाडिदिन्छ । निगमले नेपाल् जस्ता साना र गरिब रास्ट्रहरुमाथी मात्र कब्जा जमाएको छैन उसले ,अमेरिका ,बेलायतजस्ता धनी रास्ट्रलाई प्रभावित पारेको छ । पेन्टागनले पनि निगमको आदेश सिरोधार्य गर्छ यो विश्व पुजिबाद र अर्थतन्त्रको बर्तमान विशेषता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार