इलाममा कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो लाग्दै

  नयाँ बुलन्द  80 पटक हेरिएको

इलाम : इलाममा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै गएको छ । निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना भाइरसको संक्रमण पनि बढ्दै गएको हो । जिल्लामा आज एकै दिन एक सय २१ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

इलाममा हालसम्म २ हजार ९ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट २ हजार ७८ जना मुक्त भएका छन् । यसरी नै इलाममा हालसम्म संक्रमणबाट ६४ जनाको मृत्यू भएको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार