संसद् सचिवालय पुगेर भीम रावलले लिए राजीनामा फिर्ता

काठमाडौं । एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । संसद् सचिवालयका अनुसार नेता रावलले शुक्रवार सिंहदरबारस्थित सचिवालयमै पुगेर राजीनामा फिर्ता लिएका हुन् ।

सचिवालयमा नेता रावलले सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेकै दिन पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि नेता रावलसँग माधवकुमार नेपाल समूहले छलफल समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार