
माइ : इलामको माइ नगरपालिकामा युवाहरुले सन्चालन गर्दै आएको माइ दूध डेरि लाई नगरपालिकाले १ लाख ५० हजार बराबरको सामान सहयोग गरेको छ । इलाम मानव अधिकार मंञ्जले बिगत ३ बर्ष अगाडि युवाहरु लाई क्रियाशीलता बनाउन समुह गठन गरेको थियो ।
अहिले पछिल्लो समय तिनै युवाको समुहले मिलेर बिभिन्न सामाजिक कार्यामा काम गर्दै आएको नगर अध्यक्ष दिपेन्द्र सुब्बाको भनाई छ । युवाहरु मिलेर शेरामा दूध डेरी संचालन गरेका छन । उनिहरुको उदेश्य युवाहरु क्रियाशीलता रहि रहन्नको यो डेरी संन्चलन गरिएको बताईएको छ ।
























































