
इलाम : इलाम नगरपालिका १ नेपालटारमामा एक घर जलेर नष्ट भएको छ । बजारभन्दा दुई किमी पूवाखोला तर्फको डिपी डाँडामा रहेको घरमा आगलागी भएको हो ।
विद्युत सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको हो । आगलागी नियन्त्रण गर्नका लागि स्थानीयले प्रयास गरे पनि नियन्त्रण गर्न नसक्दा घर र घरका सामग्री जलेर नष्ट भएको स्थानीयकाे भनाइ छ । आगलागीबाट ४४ लाख बडिकाे क्षति भएको प्रहरीले जनाएकाे छ ।



















































