वन मुद्धामा १० वर्षदेखि फरार युवा पक्राउ

  नयाँ बुलन्द
245 Shares

इलाम : वन मुद्दामा १० वर्षदेखि फरार रहेका इलामका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट १ वर्ष कैद र ५४ हजार ७० रुपैयाँ जरिवाना तोकिएको वन मुद्दाका फरार माई नगरपालिका ४ दानाबारीका ३५ वर्षीय कोबिद भन्ने केशव दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरी चौकी दानाबारीले खोततलाश गर्ने क्रममा शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दाहाल विरुद्ध २०६८ साल फागुन ११ गते जिल्ला अदालतले १ वर्ष कैद र ५४ हजार ७० जरिवाना तोकेको थियो ।

पक्राउ परेका दाहाललाई इलाम जिल्ला अदालत पेश गरीएकोमा निजलाई कैद भुक्तानको लागि कारागार कार्यालय इलाम पठाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार