सक्षम कांग्रेस बनाउन मेरो उम्मेदवारी : डम्बर खड्का

  नयाँ बुलन्द
5.1k Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदो छ ।  महाधिवेशन नजिकिदै गर्दा जिल्लामा पनि अधिवेशनको चटारो बढ्दै छ । जिल्ला अधिवेशनका लागि नेताहरु आआफ्नो उम्मेदवारी घोषणा गर्दै गाँउ दौडाहामा व्यस्त हुन थालेका छन् ।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका पूर्व कोषाध्यक्ष तथा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष ,नेपाली काँग्रेस खेलकुद समन्वय बिभागका केन्द्रिय सदस्य डम्बर खड्का जिल्ला कार्य समितिको सभापति पदमा उम्मेदवारी दिने बताउँछन् । यसै बिषयमा नयाँबुलन्द सँग गरिएको कुराकानी यस्तो छ ।

 

१‍‍‍‍ . तपाई आसन्न पार्टीको अधिवेशनमा जिल्ला सभापति पदमा उम्मेदवारी दिन लाग्नु भएको भन्ने हल्ला छ । वास्तविकता के हो ?

वास्तवीक सहि हो यथास्थितीमा पाटी रहिरहे पुन पाटीका उमेद्धवारलाई बिजयी गराउन नसकिने अवस्था रहेको भन्दै इलामका अग्रज ब्यत्तित्वहरु र तामाम युवा र पाटीका साथिहरुले मलाइ उमेद्धवारी बन्नु पर्छ भनी प्रस्ताव गरेको हुँदा सोही अनुरुप मैले सभापति पदको दावेदारी दिन लागेको हो ।

२. पार्टी सभापति पदमा यो भन्दा अगाडि पनि प्रतिष्पर्धा गरेका र हाल वहालमा रहेका साथीहरु पनि प्रतिष्पर्धी छन् । उनीहरुसँग भिड्न तपाइँको योजना के छ ? :

यो भन्दा पहिला सभापति भैसकेका हाम्रा आदारणीय अग्रजहरु हुनुहुन्छ । तर उहाँहरुसँग प्रतिष्पर्धा गर्दा उहाँहरुले गरेका पुराना कार्यहरुले नेपाली काँग्रेस इलाम जिल्लामा राम्रो सँगले अगाडि बढ्न नसकेको, भातृ संस्थाहरु चलायमान नभएको, गुटबन्दीले चरम सिमा नाघेको, पार्टीले पटकपटक स्थानीय र संसदीय चुनावमा हार व्यहोर्नु परेको, पार्टीको आफ्नो भवन नभएको, युवाहरुको भावना समेट्न नसकेकाे, शिक्षक संघ जस्तो बौद्धिक संस्थालाई संवोधन गर्न नसकेको लगायत विभिन्न कारणले समस्या रहेको छ । साथै नेपाली काङ्ग्रेसको आफ्नै भवन निर्माण गर्न हरेक गाउँमा पार्टी प्रशिक्षण गराउन, पार्टीका साथीहरुको संरक्षण गर्न र आसन्न निर्वाचनमा युवाहरुको साथै साथीभाइको मनोबल उच्च राख्न र नेपाली काङ्ग्रेसलाई पहिलेकै स्थानमा पु¥याउन साथै दक्ष र सक्षम कांग्रेस बनाउदै १ नबर पाटी  बनाउन मेरो उम्मेदवारी रहने छ ।

३. नेपाली काँग्रेसको इलामको संगठन अत्यन्तै कम्जोर अवस्थामा छ भन्ने गरिन्छ । यसलाइ तपाँले कसरी हेर्नु भएको छ ? साथै भातृ संघ संगठनको अबस्था कस्तो पाउनुभएको छ ?

याथास्थितीमा संगठन रहेको दशकौं बर्ष सम्म नेतृत्व परिर्वतन हुन नसकेको राम्रो लाई प्राथमिकता दिनको साटो मेरो लाई प्राथमिकता दिएको । स्थानिय निर्वाचनमा आफुखुशि र आफु निकट टिकट बितरण गरेको कारण नेका इलामको संगठन कम्जोर भएको आम कार्यकताको गुनासो छ । सोहि कारणले होला संगठन कम्जोर भएको  र  भातृ संगठन नेपाल बिद्यार्थी संघ नेपाल तरुण दल लगायतका संगठनहरु चलायमान छैनन संगठनमा प्रशिक्षण छैन । सभापतिले कार्यवाहक दिएको बर्षो भयो अधिवेशन गराउन सकिरहेको छैन त्यसलाई नेका जिल्ला कार्यसमितिले ध्यान नदिएको काराणले संगठन दिनुनानु दिन कम्जोर बन्दै जाँदै छ ।

४. जबजब चुनाव या अधिवेशन आउँछ अनि मात्र गाँउमा कार्यकर्ता गुहार्दै जाने नेताहरुको परम्परा देखिन्छ । तपाइँ बीचबीचमा गाउँमा पुगेको हुँदा कार्यकर्ताले कस्तो नेतृत्व छान्न चाहेको पाउनु भएको छ ?

नेपाली काँग्रेसमा अब मुखियाले बाली उठाउन सिजन सिजनमा गए जस्तो हुन्न । नेतृत्व अब  बिपि कोइरालाले भने जस्तो दुखमा अप्ठयारो र अभर परेको बेला जनताको माझमा पुगेर काम गर्ने र कार्यकर्ताको सँधै संरक्षण गर्ने उनहिरुलाई हरेक दुख सुखमा साथ दिने कमसेकम कार्यकर्ता र नेता बिच चिनजान भएको सरल नेतृत्वको आश्यकता ठानेका छन ।

५. अहिलेसम्म पार्टीमा कुन कुन पदमा रहेर कस्ता कस्ता महत्वपूर्ण काम गर्नुभयो ? जसले गर्दा तपाई सभापतिको दावेदार हुनुहुन्छ ?

मेरो राजनीति शुरुवात भनेको २०४१ सालमा आदर्श माविमा नेविसंघ अध्यक्ष भएपछि शुरु भएको हो । २०५१ सालमा नेवि संघको जिल्ला सभापति भएँ । म सभापति भएको कार्यकालमा २७ वर्षसम्म लगातार हारेको इलाम क्याम्पसको स्ववियु चुनाव दुई पटकसम्म विजयी गराएँ । २०६३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष निर्वाचित भई राष्ट्रको विद्यार्थीहरुको नेतृत्व गर्दै बिभिन्न  देशमा गएर प्रशिक्षण तथा वल्र्ड युथ फेस्टीवलमा भाग लिएको थिएँ ।

द्वन्द्वकालमा शान्तिवार्ताको सहजकर्ताको भूमिका निर्वाह गरेँ । नेपाली काङ्ग्रेसको १२औँ महाधिवेशनबाट इलामको जिल्ला कोषाध्यक्ष भएपछि गएको निर्वाचनमा पटकपटक काङ्ग्रेसले उठाएको उम्मेद्वारहरुलाई आफ्नो तर्फबाट विजयी गराउन भरपुर सहयोग गरेँ । हाल सम्म पनि निरन्तर पार्टीको काम गरिरहेको हँुदा अबको दिनमा राम्रो काम गर्न र अझ बढि सहयोग पु¥याउन मेरो सभापति पदमा दावेदारी हो ।

६. तँपाइ पाटी सभापति बनेर आगामी दिनमा पाटी र इलामेली जनताको हितमा के कस्ता काम गर्ने उदेश्य राखनु भएको छ ?

इलामका अग्रज र पाटीका आम साथिहरुले बिश्वास गरी सभापति बनाएको खण्डमा म बोलीमा भन्दा काममा बिश्वास गर्दछु मैले गरेको काम समाजसेवा निरन्तर पाटी संगठन एउटा उदाहरण हो । सो भन्दा अनगिन्ती काम मैले गर्न बाँकी छ । तँपाइहरुको सल्लाह सुझाव लिएर पाटीलाई पाटीलाइ मजबुद बनाइ लोकतन्त्रको रक्ष गर्दे पाटीलाइ बिजयी गराउन हरदम लाग्ने छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार