प्रवासी साङ्गरुम्बेली समाजद्वारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

इलाम : प्रवासी साङ्गरुम्बेली समाजले सागरुम्बा स्वास्थ चौकीलाई विभिन्न परिणाममा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

साङ्गरुम्बेली समाज दुवै, साङ्गरुम्बेली समाज मलेसिया, साङ्गरुम्बेली समाज कोरिया र अमेरिकाबाट धनबहादुर योङयाङ, युकेबाट निडुप तामाङलगायत सागरुम्बा घर भई प्रवासमा रहेकाहरुले स्वास्थ्य चौकीलाई सामग्री उपलब्ध गराएका हुन् ।

स्वास्थ्य चौकीलाई ५० हजार २ सय ५० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

स्वास्थ्य चौकीलाई फ्रिज, अटो केल्प, स्टेचर, प्रेसर नाप्ने मेसिन एक/एक थान र पीपीई सेट ७ थान उपलब्ध गराएको हो ।

उनीहरुले यसअघि २ लाख ५३ हजार रकम अभियानबाट संकलन गरेका थिए । १ लाख रुपैयाँ अक्षय कोष खडा गरिने जानकारी गराइएको छ ।

वडा अध्यक्ष लाखमान लिङदम, वडासचिव इन्द्र घिमिरे, सागरुम्बा माविका प्रधानाध्यापक मातृका विक, समाजेवी कुमार पौडेल कान्छा, धनकुमारी तामाङ लगायतको उपस्थितिमा सहयोग हस्तातण गरेको हो ।

यसअघि नै एक लाख बराबर को राहत उपल्बध गराइसकेको अभियान्ता अनिस कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार