नेपालको सन्दर्भमा थोपा सिचाई

  प्रमिशा घिमिरे  204 पटक हेरिएको

नेपाल एक कृषि प्रधान देश हो । यहाँकाकरिब ६६ प्रतिशत किसान विहान वेलुकाको छाक टार्न कृषिमा निर्भर छन् । देशको राजनितिक अस्थिरता, असमान भौगोलिक बनावट, दक्ष जनशक्ति अवसरको खोजिमा विदेश पलायन ,जलवायु परिवर्तन जस्ता समस्याले गर्दा नेपालको कृषि क्षेत्रमा आधुनिकिकरण र व्यावसायिकरण हुन सकेको छैन । किसान माझ पुग्नुपर्ने उन्नत प्रविधिहरु नपुगेकै कारण उत्पादन लागत बढी हुनको साथै गुणस्तरहीन उत्पादन भैरहेको छ । यसै सन्दर्भमा गुणस्तरीय उत्पादनका लागि किसान माझ छिट्टै पुर्याउनुपर्ने थोपा सिचाइ प्रविधिको बारेमा केहि चर्चा गर्ने जमर्को गरेको छु ।

सुक्ष्म सिंचाइका विभिन्न प्रकारहरू मध्ये थोरै पानीबाट धेरै ठाउँमा (ठुलो क्षेत्रफलमा) सिंचाइ गर्नको लागि प्रयोग गरिने सरल, भरपर्दो र वैज्ञानिक सिंचाइको तरिका नै थोपा सिंचाई हो । थोपा सिंचाइ प्रयोग गर्न सुरुको लागत अलि बढि भए पनि तत्पश्चात सिंचाइको लागि हुने खर्च धेरै हदसम्म न्युनीकरण गर्न सकिन्छ । धेरै कृषक र कृषि क्षेत्रका सम्बन्धीत ग्रामिण भेगका मानिसहरूमा थोपा सिंचाइ मंहगो सिंचाइ प्रणाली हो भन्ने मानसिकता रहेको पाइन्छ । सानो क्षेत्रमा सिंचाइ गर्नका लागि केहि बर्ष अगाडी देखि नै ४ लाइन, ६ लाइन सम्म सञ्चालन गर्न सकिने थोपा सेट बजारमा आइसकेको छ ।

व्यवसायिक खेतिमा पनि उत्पादनको गुणस्तर राम्रो बनाउन देखि उत्पादन लागत घटाउन समेत थोपा सिंचाइको महत्वपूर्ण योगदान हुन्छ ।थोपा सिचाइ प्रत्येक विरुवाको फेदमा पानीको थोपा थोपा झारेर सिचाई गरिने प्रविधि हो । यो प्रविधिमा प्लाष्टिक पाइपबाट प्रत्येक विरुवाको फेदमा पानीलाई थोपाको रुपमा पठाउने भएकोले पानी थोरै हुने क्षेत्रमा वर्षाको पानी संकलन गरी थोपाको माध्यमबाट पनि पठाउने गरिन्छ । अहिलेको अवस्थामा थोपा सिचाइ प्रविधि एक तिहाइ किसान माझ पनि नपुगेको आकलन गरिन्छ ।

थोपा सिंचाई प्रविधि भन्ने बित्तिकै इजरायलको नाम लिने गरिन्छ । तर नेपाल आफैंले पनि थोपा सिंचाई प्रविधि विकास गरेको छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । विदेशी प्रविधि भित्रिनु अघिदेखि नेपालले थोपा सिंचाई प्रविधिको विकास र विस्तार गरेको थियो । थोपा सिंचाईका अनुसन्धानकर्ता राजन गैरे नेपाली थोपा सिंचाई प्रविधिका जन्मदाता हुन् । लामो सयमसम्म आइडिई नेपाल नामक अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था रहेर यस सम्बन्धीको अनुसन्धान र विकासमा लागेका गैरेकै प्रयासबाट नेपालमा २०५५ सालदेखि थोपा सिंचाइ प्रविधिको सुरु भएको थियो । चितवन जिल्लामा जन्मिएका गैरे २०५२ सालदेखि आइडिई नेपालमा थोपा सिंचाइको अनुन्धान र विकासमा संलग्न रहेका थिए । लामो समय विभिन्न संघसंस्था मार्फत थोपा सिंचाइको परामर्शदाताका रूपमासमेत काम गरेका गैरे हाल नेपालमै सञ्चालनमा रहेको नेपाल एग्रो लाईभ मार्फत देशका विभिन्न ग्रामिण भेगमा थोपा सिंचाई सम्बन्धी काम गर्दै आउनु भएको छ ।पछिल्लो समय गैरे गोरखाको ताङलिचोक गाविस तथा मकैसिंह गाविसका ७ सय जना कृषकलाई स्वच्छ बगैंचा, स्वच्छ घरसम्बन्धी विभिन्न तालिम प्रदान गरिरहेका छन् ।

नेपाल एक कृषि प्रदान देश हो । कृषि प्रदान भएता पनि यहाँको कृषि प्रणाली भने परम्परागत तथा निर्वाहमुखि रहेको कुरा हामी सबैलाई थाहा नै छ । आर्थिक रुपले सक्रिय जनसङख्याको करिब ६५% मानिसहरु कृषि पेशामा आधारित भएतापनि प्रति एकाई क्षेत्रफलको उत्पादन निकै न्यून हुदाँ वर्षेनी खाद्यन्न ,फलफूल ,तरकारी लगायत अन्य कृषि जन्य वस्तुहरु विदेशबाट आयात गर्नु पर्ने बाध्यता छ । भने अर्को तर्फ परम्परागत खेती प्रणालीको कारण जिवीकोपार्जनमा कठिनाई हुदाँ वर्षेनी लाखौंको सङ्ख्यामा युवावर्गहरू विदेश पलायन भइरहेको तितो यर्थाथ हामी माज यथेस्ट छ । विशेष गरेर नेपालको तराई, पहाड र उच्च हिमाली भेगमा प्रशस्त मात्रामा खेती योग्य भूभाग भएता पनि सिचाईको अभावका कारण कयौँ किसानहरू आफ्ना खेत तथा पाखोवारी बाझो राख्न विवश छन्। यसरी किसान समक्ष पुग्नुपर्ने नविन प्रविधिहरु नपुगेकै कारणले गर्दा उत्पादनलागत बढी हुनुको साथै गुणस्थर हिन खाद्यन्नहरु उत्पादन भइरहेको छ ।

थोपा सिचाई एक प्रभावकारी सिचाइ प्रविधि हो । जसमा पोलिटियुवको माध्यमबाट हरेक विरुवाको जराजरामा आवश्यक मात्रामा समान रूपले पानी, जैविक तत्व तथा धुलनशील खाध्य पदार्थ पुर्‍याउने गरिन्छ । यसरी प्लाटिक पाइप बाट विरुवाको जराजरामा पानी थोपाथोपा गरेर विरुवाको आवश्यकता पूरा गरिन्छ । भने मलखाद पनि सिचाईको माध्यमबाट दिइन्छ । जसले गर्दा बोटविरुवाको निर्वाद रुपमा वृद्धिविकास हुन्छ । विश्वमा थोपा सिचाई प्रविधिको विकास सर्वप्रथम सन १९६० मा इजरायलका सिम्का ब्लास्ट नामक कृषि वैज्ञानिकले गरेका हुन्। यसरी विश्वको कृषि क्षेत्रलाई आधुनिकरण तथा व्यवसायमुखी बनाउने हेतुका कारण थोपा सिचाईको पहिलो प्रयोग इजरायलले गरेको थियो। पछिल्लो समयमा भने थोपा सिचाईको माग बढ्दो क्रममा रहेको कारणले गर्दा नै थोपा सिचाईको नाममा ब्रहमलुट भएको पाइन्छ । तर पनि विदेशी प्रविधि भन्दा नेपाली प्रविधि को नै बढी प्रयोग भएको देखिन्छ ।                                                                                                                                                                                                                                                                                                                          नेपालमा नेपाली थोपा सिचाई प्रविधि वि.स २०५५ मा सुरु भएको हो भने विदेशी प्रविधि भने २०६७, २०६८ देखी मात्र भित्रिएको हो। हालसम्म १ लाख १२ हजार किसानले नेपाली थोपा सिचाई बाट प्रत्यक्ष रूपमा लाभ लिई रहेका छन्। भने यो नेपाली प्रविधि नेपालमा मात्र सिमित नभएर भारतमा समेत निर्यात हुने गरेको छ । भारतको सिक्किममा वार्षिक रुपमा २३०० किसानले यसको प्रयोग गरेका छन् । यस्तै अफ्रिकी मुलुक घना लगायत अन्य देशहरुमा समेत यसको प्रयोग भएको विश्वास गरिएको छ । टनेल निर्माण सहित आधुनिक थोपा सिचाई प्रविधि जडान गर्न प्रति हेक्टर जमिनमा १५ हजार लाग्ने आङ्कलन गरिएको छ भने १०० वटा विरुवालाई सिचाई गर्न मिल्ने साधारण प्रविधि रु १८00 मा अहिले वजारहरुमा उपलब्ध छन्। यसरी सुरुमा केही बढी लगानी लगाउनु पर्ने देखीएपनि कालान्तर रूपमा भने सस्तो पर्न जान्छ । थोपा थोपा गरि २ . २५ लिटर पानी प्रति घन्टा सिचाई गरिन्छ । थोपा सिचाई विशेष गरी लाइनमा रोप्न मिल्ने वा रोपिने बालीहरू जस्तै तरकारी फलफुल आदिका लागि उपयुक्त मानिन्छ। सुरुमा लगानी बढी पर्ने भएता पनि High value crops जस्तै क्यापसिकम, स्ट्रवेरी आदि हरुको लागि बढी प्रभावकारी हुन्छ । पछिल्लो समयमा भने तरकारी, फलफुल मा मात्र नभई जडीवुटी , तेलहन बाली, उखु तथा अन्य नगदे वाली हरुमा समेत यसको प्रयोग भएको पाइएको छ । यसरी वर्तमान समयमा आधुनिक प्रविधिको एउटा सफल उदाहरण थोपा सिचाइँ भको छ ।

थोपा सिचाई मा प्रयोग गरिने यन्त्रहरु

१. पंप

२. वाटर फिल्टर

३. रेगुलेटर वा दबाब नियंत्रण गर्ने भल्ब

४. हाइड्रोलिक वाँल्ब्स

५. पाइप फिटिंग्स र ठूलो पाइप

६. कम मोटाई भएको पोलिटियूब

७. ब्याक वाटर रोक्ने यन्त्र

८. एमीटर्स माइक्रो स्प्रे हेड , इन – लाइन ड्रिपर आदि।

थोपा सिचाईका फाइदाहरु :

१. थोपा सिचाइमा पानीलाई विरुवाको फेदसम्म थोपाको रुपमा पठाइने हुदाँ थोरै पानीबाट पनि बढी क्षेत्रफलमा सिचाइ गर्न सकिन्छ ।

२. मलखादको व्यवस्थापन गर्न सहज हुन्छ । यसमा पानी जम्मा गर्ने ट्याङ्कीमा पानीमा घुल्न सक्ने मलहरुलाई घोली पानी सङै विरुवाको फेदमा पठाउन सकिन्छ सोहि प्रविधिलाई fertigation भनिन्छ, भने विषादीहरुलाई पनि थोपा मार्फत पठाउने गरिन्छ जसलाई chemigation भनिन्छ । यसरी विषदी लाई पानी सङ्गै थोपाको माध्यमबाट पठाउदा धेरै फाइदा हुन्छ जस्तै :-  यसरी विषादी प्रयोग गर्दा खानयोग्य भागजस्तै फल,फूल आदिमा विषादी कम पर्ने हुनाले केहि हदसम्म स्वस्थ्य उत्पादन लिन सकिन्छ । – विषादी स्प्रे गर्दा मानिसलाई हुने विभिन्न शारिरिक असरहरु

जस्तै छालाको एलर्जी, टाउको दुखाई आदि बाट बच्न सकिन्छ ।

३. भाटीमा हावा र पानीको अनुपात मिलाउछ । फलसोरुप जराले वृद्धि विकासको लागि उपयुक्त वातावरण पाउँछ र विरुवा पनि राम्रो सगँ बढ्छ ।

४. जमिनको अधिकाशं क्षेत्र सख्या हुने हुदाँ पानीको वास्पिकरण कम हुन्छ ।

५. रोग, किरा तथा झारको प्रकोप कम हुन्छ ।

६. असमतल क्षेत्र, पानी कम हुने क्षेत्र. बलौटे तथा ढुङ्गान क्षेत्रमा समेत सजिलै खेती गर्न सकिन्छ ।

७. ३०-७०% सम्म पानीको वचत हुन्छ |

८. नुनिलो तथा ढलको पानी समेत सजिलै प्रयोग गर्न सकिन्छ ।

९. यो प्रविधिबाट तरकारी तथा अन्य फलफुल जस्ता खाद्यन्य र नगदे वालिहरुको खेती गर्नाले उत्पादन र उपादकत्वमा वृद्धि गर्न सकिन्छ ।

थोपा सिचाईका वेफाइदाहरु :-

१. ओभरहेड सिस्टम को तुलनामा थोपा सिचाइको सुरुवाति लगानी महंगो पर्छ ।

२. छान्ने काम राम्रो संग भएन भने यसबाट अवरोध हुन सक्छ ।

थोपा सिचाई लगायत अन्य नविन प्रविधिहरुको विस्तार गरि किसानहरुमाझ पुर्‍याई गुणस्तरीय कृषि उत्पादनमा जोड दिए मात्रै कृषि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ।सरकारबाट यसको अनुगमन हुनुप¥यो, थोपा सिंचाइको मापदण्ड बनाउनुप¥यो । नेपाली प्रविधिमा समस्या छ भने पनि सचेत गराउनुप¥यो र आयातित प्रविधिको गुणस्तर नियन्त्रण हुनुप¥यो । नेपालमा बनेको प्रविधिको प्रवद्र्धनमा सहयोग गर्नुप¥यो किनभने यो प्रविधि नेपालका लागि आवश्यक छ । यो प्रविधिले सतह सिंचाइको तुलनामा ८० प्रतिशत पानी बचत गर्छ । थोरै पानीबाट धेरै सिंचाइ गर्न सकिन्छ । कामदारको लागत खर्च कटौती हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार