सामाजिक सञ्जालबारे सरकारको कडा नीति आवश्यक !

  निनाम कुलुङ ‘मंगले’
119 Shares


निश्चय नै आजको जमानामा फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो लगायत अन्य सामाजिक सञ्जालको महत्व कम छैन । अहिले आएर फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर लगायत अन्य सामाजिक सञ्जालको महत्व सहर बजारमा बस्ने मान्छेहरुका लागि मात्रै नभएर सहरोन्मुख गाऊँ र, दुर्गम गाऊँघरमा बस्ने सर्व साधारण मानिसहरुका लागि समेत अति आवश्यक र सर्व स्वीकार्य जिनिस वा भनौं भाँडो भएको छ । यसरी जमानासँगै आएको फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर इमो लगायत अन्य सामाजिक सञ्जालहरुको महत्वबढेसँगै यसको नकारात्मक असर जोखिम पनि बढ्दो क्रममा छ ।

जस्तै फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो लगायत अन्य सामाजिक सञ्जालको प्रयोग गरेर (नेपालमा फेसबुकमार्पmत) धेरै अपराधजन्य काम, आर्थिक प्रलोभनमा पारेर परेर ठगिने, यौन हिंसा, महिला हिंसा, एटिएमको माध्यमबाट पैसा चोरी लगायत अन्य जघन्य अपराधहरुको ग्राफ पनि विश्वका अधिकांशमा बढ्दो क्रममा रहेको देखिन्छ ।

त्यसैले नेपालले पनि विश्वका केही देशहरुले जस्तै (चीन, साउदी अरब, क्युबा, उत्तर कोरिया आदि देशहरु) आप्mनो देशका नागरिकहरुले फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो लगायत अन्य सामाजिक सञ्जाल प्रयोग ्गर्दा वा सुरुमै एकाउन्ट खोल्दा नै उनीहरु जो कोही होस्, जताभावी रुपमा खोल्न नदिने नीति लिनुपर्ने देखिन्छ । जस्तै फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो आदि सामाजिक सञ्जालहरु खोल्दा, सामाजिक सञ्जाल खोल्ने कुनै पनि मान्छेको नागरिकता प्रमाणपत्र नम्बरको आधारमा, राष्ट्रिय परिचयपत्रको आधारमा, नाबालकहरुका हकमा जन्मदर्ता नम्बरको आधारमा र, विदेशमा रहेकाहरुका हकमा (नयँ खोलेमा) पासपोर्ट नम्बरको प्रविष्टिको आधारमा मात्रै खुल्ने व्यवस्था लागू गर्नुपर्ने देखिन्छ ।

साथै फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो लगायत अन्य सामाजिक सञ्जाल खोल्ने मान्छे वा भनौं व्यक्तिको देश जुन हो त्यही देशको अन्तर्राष्ट्रिय कोड लेख्नैपर्ने, अन्यथा कुनै पनि सामाजिक सञ्जाल नखुल्ने व्यवस्था पनि कडाईका साथ लागू गर्नुपर्ने देखिन्छ । त्यति मात्रै होइन, सामाजिक सञ्जाल खोल्ने सम्बन्धित व्यक्तिको पिंmगर प्रिन्ट र सक्कली फोटो टाँस गरेपछि मात्रै फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो आदि सामाजिक सञ्जाल खुल्ने र, एक व्यक्तिले एक भन्दा बढी पटक फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो आदि ‘सामाजिक सञ्जाल खोल्नै नपाउने !’ व्यवस्था गर्नुपर्ने देखिन्छ ।

साथै कुनै व्यक्ति, समूह, संघ, संस्था, राजनीतिक दल आदिले फेसबुक लगायत सामाजिक सञ्जालमा पोस्ट गरेको लेख, रचना वा अन्य कुनै पनि सामग्री आपूmलाई मन परेन भन्दैमा पढ्दै नपढीकन जताभावी कमेन्ट गर्ने, गालीगलौज गर्ने, आमाचकारी भन्ने, अन्टसन्ट भन्ने, डिस लाइक गर्ने !, जे पायो त्यही चित्र राख्ने, सराप्ने गरेकोे छ भने त्यस्तो ‘कमेन्ट, गालीगलौज, आमाचकारी गाली, सरापहरु !’ अटोमेटिकल्ली अपलोड नै नहुने व्यवस्था पनि गर्नुपर्ने देखिन्छ ।

त्यसका लागि नेपाल सरकारको सम्बन्धित निकायले (जस्तै नेपाल सरकार, सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले सीधै गर्ने कि ? सूचना विभागले गर्ने कि ?, प्रेस काउन्सिलले गर्ने ?) निर्णय गरी हाल्नुपर्ने देखिन्छ । त्यसैले यस सम्बन्धमा नेपाल सरकारले चाँडै नेपालस्थित फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो आदि सामाजिक सञ्जालका सम्पर्क कार्यलय वा विदेशस्थित कार्यलयमा सीधा सम्पर्क गरेर यस विषयमा कदम चाली हाल्नुपर्ने देखन्छ ।

यसो गर्न सकेमा फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो लगायत अन्य सामाजिक सञ्जालको प्रयोग गरेर (नेपालमा फेसबुकमार्पmत धेरै अपराध र ठगी हुने गरेको तथ्यांक छ ।) हुने अपराधजन्य काम, ‘हनी ट्रयाप’ सुन्दर युवती प्रयोग गरेर गर्ने ठगी, ठगी, यौन हिंसा, महिला हिंसा, पैसा चोरी एटीएम कार्डको पिन नम्बर पत्ता लगाएर वा अन्य प्रविधि प्रयोग गरेर कुनै पनि मान्छेको पैसा झिक्ने काम गर्ने गैर कानुनी काम धेरै हदसम्म रोक्न सकिन्छ भने, फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो आदि सामाजिक सञ्जाल खोल्दा कुनै पनि मान्छेको नागरिकतमा प्रमाणपत्र नम्बर वा, राष्ट्रिय परिचयपत्र, नाबालकहरुका हकमा जन्मदर्ता नम्बर र, विदेशमा रहेकाहरुका हकमा (नयँ खोलेमा) पासपोर्ट नम्बर प्रविष्टिको आधारमा, अनि आप्mनो देश जुन हो, त्यही लेख्नैपर्ने, सम्बन्धित व्यक्तिको पिंmगर प्रिन्ट र सक्कली फोटो टाँस गरेपछि मात्रै फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो आदि सामाजिक सञ्जाल खुल्ने र, एक व्यक्तिले एक भन्दा बढी पटक फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो आदि सामाजिक सञ्जाल खोल्नै नपाउने व्यवस्था गर्न सकेमा हाल भई रहेको महिला हिंसा, पुरुष हिंसा, यौन हिंसा, अपराध कार्य, आर्थिक ठगी र जताभावी गालीगलौज गर्ने लगायतका कार्यहरु लगभग ९५–९६ देखि ९७–९८ प्रतिशतसम्म घट्न सक्छ !

अहिले त मान्छेहरुले जे पायो त्यही नाममा, फोटो पनि नक्कली राखेर वा फूल, रुख, माछा, हिमाल, चरा, मुसा, बिरालो, बाघ, गैँडा, हात्ती, स्याल, प्mयारो खालो, पहरा, छहरा, आँप, सुन्ताला जे पायो, त्यही राखेर सामाजिक सञ्जाल खोल्ने गरेका छन् । त्यस्तै देश पनि कोहीले अमेरिका, कोहीले कोहीले बेल्जियम, रुस, कोहीले युके, कोहीले मलेसिया, कोहीले जापान, कोहीले कोरिया आदि आपूmलाई जुन मन लाग्यो, जुन पायो राखेका छन् ।

यस्तो कार्यले गर्दा नेपालमा अपराध कार्य, हनी ट्रयाप, आपूmलाई मन नपरेको मान्छेले पोस्ट गरेको लेख, रचना वा अन्य कुनै पनि सामग्री पढ्दै नपढीकन जताभावी कमेन्ट गर्ने, गालीगलौज गर्ने, आमाचकारी भन्ने, डिस लाइक गर्ने, जे पायो त्यही चित्र राख्ने, सराप्ने लगायतका कामहरु गर्न धेरै सजिलो भएको छ । कतिले त आप्mनो काम फत्ते भएपछि आप्mनो फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो आदि आपूmले खोलेको सामाकि सञ्जाल नै सँधैको लागि बन्द गरेर फेरि अर्को, फेरि अर्को…, फेरि …, खोल्ने गरेका छन् । त्यसैले कुनै पनि व्यक्तिले प्रयोग गर्नका लागि खोल्ने फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो लगायत अन्य सामाजिक सञ्जालको एकाउन्ट खोल्दा नै उनीहरुलाई (जो कोही होस्) जताभावी रुपमा खोल्न नदिने नीति लिनुपर्ने देखिन्छ, सरकारले ।

सरकार अथवा भनौं सम्बन्धित निकायले ध्यान दिनुपर्ने कुरा माथि नै उल्लेख भएभैmँ ‘फेसबुक, इन्स्ट्राग्राम, ट्रवीटर, मेसेन्जर, इमो !’ आदि सामाजिक सञ्जालहरु खोल्दा, त्यसरी सामाजिक सञ्जाल खोल्ने कुनै पनि मान्छेको नागरिकता प्रमाणपत्र नम्बरको आधारमा, राष्ट्रिय परिचयपत्रको आधारमा, नाबालकहरुका हकमा जन्मदर्ता नम्बरको आधारमा र, विदेशमा रहेकाहरुका हकमा पासपोर्ट नम्बरको आधारमा मात्रै खुल्ने व्यवस्था आनिवार्य रुपमा लागू गर्नुपर्ने देखिन्छ ।

किनकि नियतमै खोट भएका र अनेक कर्तुत गर्ने, अपराध कर्म गर्ने, हनी ट्रयापमा प्रयोग हुने (खास गरी महिलाहरु), आपूmलाई मन नपरेको मान्छेले पोस्ट गरेको लेख, रचना वा अन्य कुनै पनि सामग्री पढ्दै नपढीकन जताभावी कमेन्ट गर्ने, गालीगलौज गर्ने, आमाचकारी भन्ने, जे पायो त्यही चित्र राख्ने, सराप्ने लगायतका कामहरु धेरै कम हुने देखिन्छ, सामाजिक सञ्जाल खोल्ने कुनै पनि मान्छेको नागरिकता प्रमाणपत्र नम्बरको आधारमा, राष्ट्रिय परिचयपत्रको आधारमा, नाबालकहरुका हकमा जन्मदर्ता नम्बरको आधारमा र, विदेशमा रहेकाहरुका हकमा पासपोर्ट नम्बरको आधारमा मात्रै खुल्ने व्यवस्था आनिवार्य रुपमा लागू गर्नु सकेमा ।

सरकारले यसो गर्न सकेमा धेरै मान्छे (९०÷९२ प्रतिशत नक्कली आइडीवाला मान्छे) हरु आपैm पछि हट्ने छन् । नहट्नेहरुले पनि आमचकारी भन्ने, जताभावी कमेन्ट गर्ने, जे पायो त्यही चित्र राख्ने, सराप्ने आदि काम गर्नबाट हच्किने छन् । हुन पनि आजकाल जर्नल, पत्रपत्रिका, अनलाइन, ज्ञानगुन र जीवनमा केही न केही सिक्न सकिने सञ्चारका अन्य माध्यममा भने खासै आँखा नजाने हाम्रो बानी बसी सकेको छ । तर, जो कोहीले पनि आजभोलि फेसबुक लगायत सामाजिक सञ्जालमा भने यसो आँखा लगाउँदा गर्छन् ।

त्यसैले अबका दिनमा जताभावी नक्कली नाममा फेसबुक आईडी लगायत अन्य सामाजिक सञ्जाल खोल्न दिने कार्यलाई जति सक्दो चाँडो रोकेर हालको खुकुलो प्रावधानलाई कडाईका साथ लागू गर्नुपर्ने देखन्छ । अन्यथा जताभावी नक्कली फेसबुक आईडी लगायत अन्य सामाजिक सञ्जाल खोलेर आपूmलाई मन नपरेको कुनै मान्छे, संघ, संस्था, राजनीतिक दल, तिनका नेता, देशका कार्यकारी प्रमुख, राज्यका प्रमुखलाई समेत शिकार बनाउने कार्य गरीरहने छन् भने, कसैले पोस्ट गरेको लेख, रचना वा अन्य सामग्री पढ्दै नपढीकन जताभावी गाली–गलौज र कमेन्ट गर्नेहरुको त कुरै नगरौं ।

त्यसैले अब एक व्यक्तिले जिन्दगीभरिमा ‘एउटा मात्रै फेसबुक आईडी खुल्ने÷दर्ता हुने !’ व्यवस्था चाँडै लागू गर्नुपर्ने देखिन्छ । अन्यथा एकै व्यक्तिले अनेक नाममा ‘हजारौं नक्कली फेसबुक आईडी’ खोलेर … गरी रहने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार