साहित्य समूहद्वारा पदमार्गमा वृक्षरोपण


रोङ : इलामको रोङ गाउँपालिकाको साइकलिन पदमार्गमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । रोङमा स्थापना भएको उन्मुक्त साहित्य संगम समूहले शनिबार वृक्षरोपण गरेको हो । गाउपालिकाको हाँसपोखरी बाट गुगल पोइन्ट,दैले, हल्लने, झण्डीडाँडाहुँदै सलकपुरसम्म पर्ने साइकलिन पदमार्गमा समूहका सदस्यहरूले गुराँस, नासपाती, आरूचा, भोगटे, मेहेल, त्यसै गरी औषधीको काम गर्ने बूढो ओखती, पाखनबेद लगायत विभिन्न प्रकारका फूलहरूको राेपेका हुन ।

समूहले सो पदमार्गको भू-मापन विन्दु गुगल पोइन्टको नजिकै वृक्षरोपण गरेको हाे । वन डिभिजन कार्यालयमा बोट बिरुवा माग गर्ने र उपलब्ध भए सो कामलाई निरन्तरता दिने वडा नम्बर ३ का वडाध्यक्ष मात्रिका बरालले बताएका छन् । वडाध्यक्ष बरालले वृक्षरोपण कार्यक्रम सञ्चालन गरेकोमा साहित्य समूहलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

वृक्षरोपण गरेका ति बिरुवाहरुलाई संरक्षण गर्न जरुरी रहेको उन्मुक्त साहित्य संगमका सचिव दिनेश राईले बताए । जङ्गल क्षेत्र भएकोले मान्छेले उखेलेर लाने पो होकि तथा बाख्रा चरन गर्दा बाख्राले खाने पो होकी यस विषयमा गाउँपालिकाले चासो गर्नुपर्ने देखिएको छ । उता पर्यटकका लागि यस मार्गमा त्यहीँ खान तर घर लान नपाइने व्यवस्था सहित विभिन्न फलफूलहरूको वृक्षरोपण गर्ने गाउँपालिकाकाकाे योजना रहेको  प्रवक्ता मनिकुमार स्याङ्वो सुवासले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार