कोपा अमेरिका फुटबलमा पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

  नयाँ बुलन्द
63 Shares

काठमाण्डाै : कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो भएको छ । आज बिहान भएको खेलमा पेरुलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो बनेको हो । खेलको इन्जुरी समयमा गोल गर्दै कोलम्बियाले पेरुलाई हरायो । खेलको ४५ औं मिनेटमा योसिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । तर ४९ औं  मिनेटमा जुआन कुआड्राडोले गोल गरी खेल बराबरीमा पुर्याए ।

कोलम्बियाका लुइस डियाजले ६६ औं मिनेटमा गोल गरी २–१ को अग्रता दिलाएका थिए । तर खेलको ८२ औं मिनेटमा जियानलुका लापादुलाले गोल गरी खेल बराबरीमा ल्याए । इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए । कोपा अमेरिकाको उपाधिका लागि भोलि बिहान मराकाना रङ्गशालामा अर्जेन्टिना र ब्राजिल खेल्दैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार