पाँचथर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पाँचथरले जिल्ला अस्पताल पाँचथरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणमा सहयोग पुर्याउने उदेश्यले विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको माओवादी केन्द्रका १ नम्बर प्रदेश कमिटी सदस्य हर्क नेम्बाङ मिक्सोले जानकारी दिए ।
पिपिई सेट ६ थान, सर्जिकल गन ११ थान,एन ९५ ,अक्सिमिटर ६ थान, थर्मलगन १ थान र फेसशिल्ड ५ थान,मास्क तथा एन्टिजेन किट लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको नेम्बाङले बताए ।
जिल्ला समन्वय समिति प्रमुख विष्णु प्रसाद सापकोटा,पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल र पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटा लगायतको उपस्थितिमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको माओवादी केन्द्रका नेता होम जबेगु (सूर्यमान) ले जानकारी दिए ।-सुम्हात्लुङ अनलाइनबाट