पूर्व प्रधानमन्त्री एवं एमाले नेता खनालको स्वास्थ्य स्थितिमा उल्लेख्य सुधार हुँदै

  नयाँ बुलन्द
49 Shares

 

इलाम : नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको ज्वरो र खोकी ठीक भएको छ ।

खनालको स्वास्थ्यका बारेमा प्रत्यक्ष भेटेर कुरा गर्नुभएका उहाँका भान्जा गोपाल आचार्यका अनुसार उहाँको अक्सिजनको सपोर्ट समेत हटाइ सकिएको पारिवारिक श्रोतले जनाएको छ ।

उहाँको अन्य समस्याको उपचार जारी रहेको छ । स्वास्थ्यमा समस्या भएपछि खनाललाइ नर्भिक अस्पतालबाट असार २ गते दिल्ली लगिएको थियो । उहाँको दिल्लीको अपोलो अस्पतालमा उपचार भैरहेको छ ।-दैनिकबाट

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार