पाँचथर : फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ फाक्तेप स्थित डाँडागाँउ निवासी ७४ वर्षिय एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मंगलबार विहान उनको स्वास्थ्यमा समस्या आएपछि विर्तामोडको विर्तासीटी हस्पिटल लगिएको थियो ।
विगत लामो समय देखि दम र उच्च रक्तचापको समस्याबाट ग्रसित उनलाई हस्पिटलमा जाँच गर्दा अक्सिजन लेवल कम र कोरोना पोजेटिभ देखिएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर थप उपचार हुने क्रममा विहिवार विहान ७ बजे उनको निधन भएको मृतकका जेठा छोरा श्रीप्रसाद पोर्तेलले जानकारी दिए । उनका अनुसार शवलाई आजै झापाको माइखोलको घाटमा नेपाली सेनाको टाेलीद्वारा अन्त्येष्टि गरिने भएको छ ।