तुम्बेवा गाउँपालिकाद्धारा किसानलाई निशुल्क फौजी किराको बिषादी बितरण

   पदम सुखी सम्बाहाम्फे
126 Shares


यासोक : पछिल्लो समय पाँचथर सहित बिभिन्न जिल्लामा फौजी किराको संक्रमण बढ्दो क्रममा छ । किसानले लगाएको मकै बालीमा यसको प्रकोपले जिल्लामा वर्षेनी समस्या सृर्जना गरेको छ । फौजी किरा नियन्त्रण गर्न गाउँपालिकाहरुले किसानलाई अनुदानमा बिषादी बितरण गर्दै आएका छन । तर पाँचथरको तुम्बेवा गाउँपालिकाले भने किसानलाई निशुल्क बिषादी बितरण गरेको छ । गाउँपालिकाको १ लाख ४० हजार रकमबाट बिषादी खरिद गरी सतप्रतिशतमा किसानलाई बितरण गरेको हो ।

गाउँपालिकाको ५ वटै वडाका घरधुरी संख्याको आधारमा वडा कार्यालय मार्फत किसानलाइ विषादी बितरण गरिएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । वडामा कृषि समुह, सहकारी र टोल टोलमा किसानलाई बिषादी बितरण गरिएको छ । कृषि ज्ञानकेन्द्र पाँचथरले पनि गाउँपालिकालाई थप बिषादी उपलब्ध गराएको छ । यस अघि सबै वडामा बितरण गरेको गाउँपालिकाले थप आवश्यकता पर्ने स्थानमा बिषादी बितरण गर्न मौजुदा राखेको कार्यालयले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार