पूर्व प्रधानमन्त्री खनाललाई थप उपचार गर्न आज दिल्ली लगिँदै

  नयाँ बुलन्द
231 Shares

 

फाइल तस्वीर

इलाम : नेकपा एमालेका बरिस्ठ नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ ।

ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।

खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्।

दिल्ली लगेर त्यहाँको एपोलो अस्पतालमा उनलाई उपचार गर्ने तयारी छ। खनाललाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो।

खनाल यसअघि कोरोना संक्रमित भई संक्रमणमुक्त भएका थिए।-सेतो पाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार